प्रेस चौतारी झापाको पत्रकार उपचार कोषमा एकै दिन ९२ हजार सहयोग जुट्यो

२४ माघ, झापा । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा एकै दिन ९२ हजार रुपैयाँ सहयोग जुटेको छ । प्रेस चोतारी नेपाल झापाले मंगलवार दोमुखामा आयोजना गरेको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ९२ हजार ५ रुपैयाँ जुटेको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ उपचार कोषलाई सहयोग गर्ने घोषणा गर्नुभयो..

पाथीभरा केबलकार विवाद; दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने

काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । उनले भने, ‘आज टंगोमा पुग्न सकिएन । भोलि ११ बजे पुनः वार्ता गरौँ भनेका छौँ ।’ संयोजक तुम्याहाङले आफूहरूले..

‘सिरियल किसर’ उदितनारायण !

काठमाडौं । बलिउडमा एक भलादमी र सरल स्वभावका गायकको रुपमा परिचित थिए उदितनारायण झा, तर भर्खरैको एउटा स्क्यान्डलले उनको यो छविमा गम्भीर क्षति पुगेको छ । उदितले कन्सर्टमा गीत गाउने क्रममा फ्यानहरुलाई चुम्बन गरेको भिडिओ भाइरल भएसँगै उनी विवादित बनेका हुन् । यो स्क्यान्डलमा उनले दिएको प्रष्टीकरण झनै चित्तबुझ्दो छैन । उदितले गल्ती महसुस गर्नुको साटो आफ्नो बचाउ गर्न खोजेका छन् । यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । एक..

फोनिज झापाको अध्यक्षमा अर्जुन राजवंशी

झापा, माघ २०। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको ७औं अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा नयाँ समिति पाएको छ । फोनिज झापाले रजत वर्षको अवसरमा विर्तामोडमा आयोजित अधिवेशनले सर्वसम्मत कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । सदस्यहरुमा सुरेश आले मगर, सजन राई, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सौरभ मुखिया, मिना नेम्बाङ, डिके शेर्मा र..

इलाममा विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत

इलाम– इलाम नगरपालिकाले १६औं नगरसभा अवसरमा विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरले शिक्षा, खेलकुद, कृषि, पत्रकारितालगायत क्षेत्रका ४० भन्दा बढीलाई सम्मान र पुरस्कृत गरेको हो । नगरको विकास र समृद्धिमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति–संस्थालाई सम्मान गरिएको नगरले जनाएको छ । मेयर केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विष्णु लिम्बू दाहालले स्वागत मन्तव्य राखिन् । त्यस अवसरमा जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । नगरले..

दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै निसान पदयात्रा

इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा सुरु गरिएको छ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा थालिएको हो । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब दुई सय जनाले पदयात्रा थालेका हुन् । बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा..

१२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार, किसान उत्साहीत

८ पौष, इलाम– रोगले सखाप भइसकेको अलैंचीबाट निरास भइसकेका किसान अहिले त्यसैमा उत्साहीत भएका छन् । उत्पादित अलैंचीको भाउ राम्रो आएपछि थोरै लगानीबाट किसानले उच्च मूल्य पाएका छन् । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार भएपछि किसानमा जाँगर थपिएको हो । अहिले इलामका बजारमा प्रतिमन (४० किलो) उच्च गुणस्तरीय अलैंचीको मूल्य एक लाख १० हजार पुगेको छ । अलैंचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान अझ..

झापाको हल्दिबारीमा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर सुरू

८ पौष, झापा । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ । शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ । गाउँपालिकाको कुल ४ लाख लागतमा संचालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो । शिविरमा सबै वडाबाट कुकुर संकलन गरीदैछ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको हो । कुकुरको..

कृषि अनुदानलाई हटाएर व्याजमा अनुदान व्यवस्था गरिने कृषि मन्त्री हाङगामको भनाई

६ पौष, झापा । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिहं हाङगामले गत आर्थिक वर्षसम्म प्रदान गरिदैं आएको कृषि अनुदानलाई हटाएर चालू आर्थिक वर्षदेखि व्याजमा अनुदान व्यवस्था गरिएको बताउनुभएको छ । झापाको दमकस्थित दाहाल प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री हाङगामले बालबालिकालाई दुध सेवन गराएर कार्यक्रमको उद्घाटन गर्दे सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकारले..

रैथाने धानको संरक्षण गर्न झापाको शिवसताक्षीमा नुनिया धान पकेट क्षेत्र घोषणा

२ पौष, झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । नगरपालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य..