झापाको कमलमा सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

७ कार्तिक, झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधवार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय..

दमकको हेपाहा प्रविर्तीः चुलाचुलीको वस्ती नजिक फोहोको डंगुर, स्थानिय विरोधमा

५ कार्तिक, इलाम । झापाको दमक नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा सिमावर्ती बस्ती नजिक फोहोर फ्याक्न थालेपछि चुलाचुलीका स्थानियले विरोध गरेका छन् । इलामको चुलाचुली गाउँपालिकासंग सिमाना जोडिएको दमक नगरपालिकाले फोहोर नविकरण गर्ने भन्दै चुलाचुली वडा नं. ५ को बस्ती नजिक ल्याण्डफिल्ड साईड बनाएको थियो । तर सो ल्याण्डफिल्ड साईड संचालनमा आउन नसक्दा फोहोर वस्ती छेउका जंगलमा अव्यवस्थित रुपले फ्याक्न थालिएको छ । सिमावर्ती वस्ती नजिक अव्यवस्थीत रुपमा फोहोर फ्याक्न थालिएपछि..

मेची भन्सार कार्यलयबाट चिया निर्यातमा बृद्धी, अलैँची निर्यातमा कमी

५ कार्तिक, झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख..

प्रेम आले भन्छन्- मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ

५ कार्तिक, काठमाण्डौँ । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए । आलेले नेपाल प्रेससँग भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’..

पोखरामा रास्वपा कार्यकर्ता कालोपट्टी बाँधेर सडकमा, सहकारी पीडित पनि उत्रिए

४ कार्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपा कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरू कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन् । जिल्ला अदालत कास्की वरिपरि कडा सुरक्षा व्यवस्था अपनाइएको छ भने पोखरामा सहकारी पीडितले पनि लामिछानेलाई कारबाहीको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । रास्वपाले प्रत्येक जिल्लाबाट कम्तिमा पनि एक सय जना कार्यकर्तालाई पोखरामा उपस्थित भएर विरोध प्रदर्शन गर्न सर्कुलर..

कमलमा बसको ठक्करबाट एकको मृत्यु, बसमा आगजनी

३ कार्तिक, झापा । झापाको कमल गाउँपालिका स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन् । कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को..

संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोड राहत रकम

२ कार्तिक । गत असोज १२ गतेको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका..

बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी, ४० लाख बराबरको क्षति

२ कार्तिक, झापा । झापको बिर्तामोड नगरपालिका १ को कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड–१ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र..

चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु

२९ असोज, इलाम । सोमबार राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको..

सरोकारवाला निकायको वेवास्ताले मेची राजमार्ग ४ दिन देखी अवरुद्ध

२१ असोज, इलाम । सरोकारवाला निकायले बेलैमा वास्ता नगर्दा मेची राजमार्गको इलाम राजदुवाली खण्डमा सडक भासिएर राजमार्ग अवरुद्ध छ । राजदुवालीमाथी माईखोलाको भित्तामा बर्षै अगाडी देखी सडक भासिन सुरु गरेको थियो । त्यसलाई रोक्न करोडौँ रकम खर्चेर नयाँ प्रविधीको प्रयोग गरिएपनि सडक भासिने रोकिने क्रम रोकिएको थिएन । त्यसैले सडक डिभिजन कार्यलय इलामले करिव दुई बर्ष यता न सडक मर्मतमा चासो दियो नत बैकल्पिक सडक निर्माणमा नै चासो दिएको थियो..