आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा १७औं संस्करणको आत्मानन्द गोल्डकप आज (आइतबार) सुरु हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा अवसरमा प्रतियोगिता हुन लागेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ फुटबल टिम सहभागी हुनेछन् । आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङ्बुहाङका अनुसार आयोजक युथ अफ माङसेबुङ, पाँचथरको तिजोक युवा क्लब, झापाको दूधे युथ क्लब, झापाकै चुलाचुली..

दमकमा हात्तीको आक्रमणमा परेर भण्डारीको मृत्यु

२ कार्तिक, झापा । जंगली हात्तीको आक्रमणमा परेर झापाको दमकमा आज विहान एक जना युवकको ज्यान गएको छ । ज्यान जानेमा दमक ३ स्थित दिपज्योति टोलका ४५ बर्षिय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो । हात्ती धपाउन खोज्दा..

इलामका खोलामा करेन्ट र विष्फोटक प्रयोग गरी माछा मार्नेक्रम बढ्दो

इलाम ।  इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ । जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम)समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय..

अनेरास्ववियुले गर्यो नेपाल–भारत सीमामा खबरदारी पदयात्रा

इलाम– इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन् । उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदलयात्रा गरी सीमा अवलोकन र खबरदारी गरेका हुन् । यो क्षेत्रको दशगजामा बेला–बेला भारतीय पक्षले अतिक्रमण गरी संरचना बनाउनेगरेको छ । यहाँका कतिपय ठाउँमा भारतीय पक्षले अहिले पक्की संरचना नै निर्माण गरेको छ । तर, बेला–बेला विद्यार्थीले गर्नेगरेको दबाब कार्यक्रम भारतीय पक्ष पछि हट्नेगरेको देखिएको छ । अखिल..

मौसम अनुकूल हुन नसक्दा धान उत्पादन कम हुने अनुमान

काठमाडौँ ।  यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा..

राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’

काठमाडौं । अहिले हाम्रो दैनिक आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको एउटा विशेषता यो हो कि यसले कोही पनि आममान्छेलाई रातारात चर्चित बनाइदिन सक्छ । चर्चाको आयु भने निश्चित हुँदैन । पछिल्ला दिनमा सामाजिक सञ्जालले ह्वात्तै चर्चामा ल्याएको एक नाम हो- आशिका तामाङ । केही वर्षअघि दशैंताका एउटा भिडिओमा बोलेका शब्दले ‘भाइरल’ भएकी उनी अहिले आफ्ना क्रियाकलापका कारण ‘ट्रेन्डिङ टपिक’ बनेकी हुन् । मानिसहरु उनको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका..

मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली देखि माईसम्मको काम सुरु हुने

१४ कार्तिक, झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणका काम सुरु हुने भएको छ । आज शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो । वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री..

रवि विरुद्ध ओलीको टिप्पणी- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए । ओलीको भाषणका केही अंशः अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ,..

सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत

काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ । आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान..

अभियुक्त पक्राउन नपरेसम्म शव नउठाउने परिवारको अडान

९ कार्तिक, झापा । झापाको दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारमा मंगलबार हत्या गरिएका देशु भनिने यमु निरौलाको शव उठाउन परिवारले इन्कार गरेका छन् । अहिले मृतक निरौलाको शव दमक अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले मुख्य अभियुक्तलाई समाएर कानुनी दायरामा नल्याएसम्म शव नउठाउने मृतकका दाजु नवराज निरौलाले बताए । बुधबार इप्रका दमकमा दिएको किटानी जाहेरीमा दमक–८ का बुद्धि थापा, दमक–३ का शेरबहादुर नेम्वाङ,..