ईट्टाभट्टामा काम गर्दे पढ्ने छात्राले ल्याईन ४ जिपिए

माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा गएको शुक्रवार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालको एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिनुभएकी उनीलाई एसईईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो  । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थाल्नुभयो । नतिजा आउँदा खुशीको सीमा रहेन । उहाँ सर्वोत्कृष्ट अङ्क..

माङसेबुङमा ४ महिला उद्घोषण तालिम सम्पन्न

१३ असार, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ मा संचालित महिला उद्घोषण तालिम आज सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम ११ गतेबाट सुरु भएको थियो । माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले..

माङसेबुङ ४ मा आजबाट महिला उद्घोषण तालिम सुरु

११ असार, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ मा आजबाट महिला उद्घोषण तालिम सुरु भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम सुरु भएको हो । माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रम गरी आजबाट तालिम सुरु भएको हो । तालिमको उद्धघाटन गर्दै वडाध्यक्ष लिम्बुले यस तालिमले महिलाहरुको..

चुलाचुलीलाई प्रदेश सरकारको ऐतिहासिह बजेटः ५१ योजनाको लागि ३० करोड विनियोजन

७ असार, इलाम । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०८२÷८३ को बजेटमा इलामको चुलाचुली गाउँपालिकाका विभिन्न योजनाका लागि ऐतिहासिक रुपमा रु ३० करोड ९ लाख रुपैया बजेट विनियोजन भएको छ । प्रदेश सरकारको योजना किताबमा चुलाचुलीका ५१ वटा भन्दा धेरै योजनाहरु समावेश भएको नेकपा एमाले चुलाचुलीका सचिव सन्तोश थाम्सुहाङले बताउनुभयो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना नेकपा एमालेबाट निर्वाचित भएको र एमाले चुलाचुली गाउँकमिटीको तर्फबाट..

चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण

इलाम– आफ्नो लालपुर्जा नहुँदा वर्षाैंदेखि भूमिसम्बन्धी समस्या झेल्दैआएका सर्वसाधारणलाई इलाममा जग्गाको लालपुर्जा वितरण गर्न थालिएको छ । जिल्लास्थित भूमि समस्या समाधान आयोगले आज (बुधबार) चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण गरेको छ । विगतदेखि नै भूमि आयोगले गरेका अपुरो–अधुरो कार्यभित्र रहेका परिवारको लालपुर्जा तयार गरेर वितरण गरिएको जिल्लास्थित आयोग अध्यक्ष प्रकाश अधिकारीले बताए । चुलाचुलीमा ६ सय ३० परिवारको जग्गा अधुरो–अपुरोमा प्रमाणित गरिएको छ । बाँकीलाई पनि क्रमशः प्रक्रियामा लगेर..

जंगली हात्तीको आतंक रोक्न दीर्घकालीन समाधानको पहल

४ असार, झापा । झापामा बर्षाै देखि समस्याका रुपमा रहेको जंगली हात्तीको आतंक दीर्घकालीन समाधानका लागि आवश्यक पहल थालिएको छ । आज सरोकारवालाहरू संगको बैठकमा कोशी प्रदेश सभाका सांसद गोपाल तामाङले हात्तीबाट भोग्दै आएको पिडामा प्रदेश सरकार गम्भीर रहेको बताउँनुभयो । सासंद तामाङले तीननै तहको सरकारले दिर्घकालिन समस्य समाधानका लागि आवस्यक पहल गर्नु पर्ने धारणा राख्नुभयो । मेचीनगर नगरपालिकाको बाहुण्डाँगी लगाएतका क्षेत्रमा भारततर्फबाट ठूलो संख्यामा नेपाल प्रवेश गर्ने हात्तीले धपाउने..

अनेरास्ववियुको सचिवालय (खुल्ला तर्फको) पदमा इलामका नितेश राईको उम्मेद्वारी

काठमाण्डौ । बिगत लामो समय देखी विद्यार्थी राजनितीमा सक्रिय इलामका बिद्यार्थी नेता नितेश राईले अनेरास्ववियुको खुल्ला तर्फको सचिवालय सदस्य पदमा उम्मेद्वारी दिएका छन । काठमान्डौको किर्तिपुरमा जेठ २५ गते देखी अधिवेशन जारी छ । सबै नेता तथा प्रतिनिधीहरुको सल्लाहमा सचिवालय पदमा उम्मेद्वारी दिएको उनले बताए । इलामका बिद्यार्थी नेता राई अनेरास्ववियुको इकाई कमिटी, पालिका कमिटी, निर्वाचन क्षेित्रय कमिटी हुदै जिल्ला सदस्यमा निर्वाचित भएका थिए । सो पछी उनि जिल्ला कमिटीको..

करेन्ट लागेर जंगली हात्तीको मृत्यु

२० बैशाख, झापा । झापा जिल्ला अन्तर्गत कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। गए रातिको समयमा हात्तीले जंगलभित्र रहेको फलामको विद्युत पोलमा धक्का दिँदा माथिको तार सर्ट भएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा हात्तीको सुुँड र एउटा दाँत जलेको अवस्थामा मृत भेटिएको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ। घटनालगत्तै घटनास्थललाई सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सव–डिभिजन वन..

पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’ उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार..

मुख्यमन्त्री कार्कीद्धारा प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन

१४ जेठ, झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । कमल गाउँपालिका–७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको मुख्यमन्त्री, स्वास्थ्य मन्त्रीसहितको सरकारी अधिकारीहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो । मन्त्रीसहित कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका सहभागि हुनुहुन्थ्यो । निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका..