मुख्य समाचार
जंगली हात्तीको आतंक रोक्न दीर्घकालीन समाधानको पहल
४ असार, झापा । झापामा बर्षाै देखि समस्याका रुपमा रहेको जंगली हात्तीको आतंक दीर्घकालीन समाधानका लागि आवश्यक पहल थालिएको छ । आज सरोकारवालाहरू संगको बैठकमा कोशी प्रदेश सभाका सांसद गोपाल तामाङले हात्तीबाट भोग्दै आएको पिडामा प्रदेश सरकार गम्भीर रहेको बताउँनुभयो । सासंद तामाङले तीननै तहको सरकारले दिर्घकालिन समस्य समाधानका लागि आवस्यक पहल गर्नु पर्ने धारणा राख्नुभयो । मेचीनगर नगरपालिकाको बाहुण्डाँगी लगाएतका क्षेत्रमा भारततर्फबाट ठूलो संख्यामा नेपाल प्रवेश गर्ने हात्तीले धपाउने..
अनेरास्ववियुको सचिवालय (खुल्ला तर्फको) पदमा इलामका नितेश राईको उम्मेद्वारी
काठमाण्डौ । बिगत लामो समय देखी विद्यार्थी राजनितीमा सक्रिय इलामका बिद्यार्थी नेता नितेश राईले अनेरास्ववियुको खुल्ला तर्फको सचिवालय सदस्य पदमा उम्मेद्वारी दिएका छन । काठमान्डौको किर्तिपुरमा जेठ २५ गते देखी अधिवेशन जारी छ । सबै नेता तथा प्रतिनिधीहरुको सल्लाहमा सचिवालय पदमा उम्मेद्वारी दिएको उनले बताए । इलामका बिद्यार्थी नेता राई अनेरास्ववियुको इकाई कमिटी, पालिका कमिटी, निर्वाचन क्षेित्रय कमिटी हुदै जिल्ला सदस्यमा निर्वाचित भएका थिए । सो पछी उनि जिल्ला कमिटीको..
करेन्ट लागेर जंगली हात्तीको मृत्यु
२० बैशाख, झापा । झापा जिल्ला अन्तर्गत कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। गए रातिको समयमा हात्तीले जंगलभित्र रहेको फलामको विद्युत पोलमा धक्का दिँदा माथिको तार सर्ट भएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा हात्तीको सुुँड र एउटा दाँत जलेको अवस्थामा मृत भेटिएको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ। घटनालगत्तै घटनास्थललाई सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सव–डिभिजन वन..
पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’ उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार..
मुख्यमन्त्री कार्कीद्धारा प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन
१४ जेठ, झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । कमल गाउँपालिका–७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको मुख्यमन्त्री, स्वास्थ्य मन्त्रीसहितको सरकारी अधिकारीहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो । मन्त्रीसहित कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल, स्वास्थ्य सचिव राधिका थपलिया, संविधान सभा सदस्य दीपक कार्की लगायतका सहभागि हुनुहुन्थ्यो । निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सेवाका विषयमा अस्पतालका..
झापाको महारानीझोडाको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना
२३ वैशाख, झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् । कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर..
रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाएनन्
५ वैशाख, झापा । झापाको कमल गाउँपालिका केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् । उक्त आयोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले..
आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति कांग्रेसमा बढ्यो : परराष्ट्रमन्त्री
इलाम- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छिन्। इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन्। उनले भनिन्, “आफूले..
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् । ‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री..
दमक क्याम्पसमा स्ववियु समानुपातिक उम्मेदवारको नाममा लफडा, विद्यार्थीले प्रमुखको कुर्सी झुण्ड्याए
२८ चैत, झापा । दमक क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिक तर्फको नाम अबैधानिक ढंगले टुङ्याएको भन्दै अनेरास्ववियुका बिद्यार्थीले दमक क्याम्पस प्रमुखको कुर्सी गेटमा झुण्ड्याएका छन । उनिहरुले समानुपातिक तर्फको उक्त नाम तुरुन्त सच्याउन माग गरेका छन । यसअघी पनि सो नाम सच्यान माग गर्दै उनिहरुले निर्वाचन समितीको कार्यलय र क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएका थिए । क्याम्पस इकाई समितीले सिफारिस गरेको नाम भन्दा फरक नाम निर्वाचन समितीले प्रकाशन गरेपछी निर्वाचन..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७