मुख्य समाचार
इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँईचो, होटल र होमस्टे भरिभराउ
१९ मंसिर, इलाम । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले..
झापामा दिर्घ रोगीको संख्या बर्षेनी बढ्दै
१९ मंसिर, झापा । झापामा पछिल्ला बर्षहरुमा नसर्ने रोगीको संख्यामा बृद्धी हुँदै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार गतआर्थिक वर्षमा नसर्ने रोग अघिल्लो आर्थिक वर्षभन्दा बढेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार झापामा उच्च रक्तचापका बिरामी धेरै रहेका छन् । गतआर्थिक २०८०।०८१ मा २३ हजार ९५० जना उच्च रक्तचापका विरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७९।०८०को ३५ प्रतिशतले..
दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालीन मार्शल लको घोषणा गरे,
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार रातिको एक अघोषित टिभी सम्बोधनमा मार्शल लको घोषणा गर्नुभयो, देशको प्रमुख विपक्षी दल उत्तर कोरियाप्रति सहानुभूति र राज्य विरोधी गतिविधिको आरोप लगाउँदै। पछिल्लो पटक दक्षिण कोरियाली राष्ट्रपतिले सन् १९८० मा विद्यार्थी र मजदुर संघको नेतृत्वमा भएको राष्ट्रव्यापी विद्रोहको क्रममा मार्शल लको घोषणा गरेका थिए।आश्चर्यजनक घोषणामा, उनले संसदमा बहुमत भएको विपक्षी डेमोक्र्याटिक पार्टीले शीर्ष अभियोजकहरूलाई महाभियोग लगाउन र सरकारी बजेट प्रस्ताव अस्वीकार..
सुपारी बिक्रि नहुदा झापाका किसान चिन्तित
१८ मंसिर, झापा । झापामा उत्पादन भएको सुपारीले बजार नपाउदा किसानहरु चिन्तित बनेका छन् । हरेक वर्ष व्यापारीहरुको भीडभाड हुने झापा मेचिनगरको सुपारी बगानमा यतिवेला सुनसान छ । भदौं अन्तिमदेखि असोज १५ सम्म बोटबाटै विक्री हुने सुपारी खरिद गर्न व्यापारीहरु देखा परेका छैनन् । फूल लाग्दै विक्री हुने सुपारी मंसिरको दोस्रो सातासम्म व्यापारी नआउँदा किसान चिन्तित बनेका छन् । झापामा ७० हजार परिवारको बगानमा सुपारी अलपत्र परेको छ । बगानमा..
झापाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माण हुँदै
१८ मंसिर, झापा । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत झापा जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ । अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीनवटा..
कोशी प्रदेशको नवनियुक्त आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले लिए शपथ
विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै उनलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए । नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान..
सिरिजङगा ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी
१७ मंसिर, ताप्लेजुङ । सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि सावदेन विजयी भएकी हुन् । कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता..
एकै दिन झापाका तिन ठाउँमा आगलागी
१६ मंसिर, झापा । झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो । गएराति १२.१५ बजे दमक – १ रवि स्ट्यान्ड बस्ने शिव राईको अढाई तले घरको भुइँतलामा किराना ,कस्मेटिक र खाद्यान्न पसल सञ्चालन गरेका ४३ वर्षीय रामकिशोर साहको पसलमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका,..
राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए चीन भ्रमणको जानकारी
१५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनको सचिवालयले बताएको छ । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनले आफ्नो..
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७