झापाको दुधेमा प्रदेशकै ठूलो चसोक तङ्नाम सम्पन्न, ५ जना डाक्टर सम्मानीत

१ पौष, झापा । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को..

सरकारी दमक अस्पतालमा जटिल विरामीका लागि आइसीयू विस्तार गरिने

२९ मंसिर, झापा । झापाको दमक–१ स्थित सरकारी दमक अस्पतालमा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि सघन उपचार कक्ष (आइसीयू) विस्तार गरिने भएको छ । दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लव अफ दमक स्टर्नलायन वीच आइसीयू निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहित अस्पताल, लायन्स अगुवाको हस्ताक्षार छ । दमक अस्पताल र दमकेली लायन्सहरूको संयुक्त सहकार्यमा लायन्स क्लव ईष्टर्न लाईनको प्रस्ताव..

झापामा यसवर्ष नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

२९ मंसिर, झापा । झापामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।..

इजलासमा न्यायाधीशलाई रविको आश्वासनः श्रीमान् छाडिदिनुभयो भने गर्वलायक काम गर्छु

२७ मंसिर, पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले बिहीबार पाँच दिन म्याद थप गरेको छ । सातौँपटक म्याद थप हुँदा लामिछानेको मुद्दा अदालतमा लैजान अब ९ दिन मात्र बाँकी छ । सरकारी पक्षले बाँकी रहेको ९ दिन नै म्याद थप गर्नुपर्ने माग राखेको थियो । तर, न्यायाधीश चन्द्रकान्त पौडेलले पाँच..

मानवअधिकारको विषयमा गम्भीर बन्न भुटानी शरणार्थीहरुको गुहार

२७ मंसिर, झापा । देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तीको प्रतीक्षामा छन् । मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फिर्ता गराउन सक्ने भए पनि आफूहरुको विषयमा चासो नदिइएको शरणार्थीहरुको गुनासो छ । मानवअधिकारवादीहरुले पनि शरणार्थी..

पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश..

झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण

२६ मंसिर, झापा । झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास..

बाक्लु हुस्सुका कारण पूर्वी क्षेत्रका विमानस्थलमा उडान ठप्प

काठमाडौँ । बाक्लु हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मध्याह्न कबिर १२ बजेसम्म उडान, अवतरण हुन सकेको छैन । तोकिएको समयमा उडान हुन नसकेपछि काठमाडौँ विमानस्थलमा यात्रुको भीड लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनकपुर, सिमरा, भद्रपुर, विराटनगर लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेको छैन । पश्चिमको सुर्खेत विमानस्थल पनि हुस्सुका कारण यतिबेलासम्म ठप्प छ । अहिले धनगढी, पोखरा, नेपालगञ्ज, भरतपुर र भैरहवामा उडान भइरहेको छ ।

पछि परेका समुदायलाई शिक्षा र रोजगारीको सहज पहुँच दिईने प्रधानमन्त्रीको भनाई

२४ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ..

दमक आएर ओलीले सम्झिए परमादेशबाट सत्ताच्युत भएको घटना

२४ मंसिर, झापा । खाने पानी आयोजना उद्घाटन इगर्न गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत भएको घटना स्मरण गरेका छन् । सोमबार गृह जिल्ला झापाको दमकस्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ०७८ सालमा सर्वोच्चको परमादेशबाट आफू हटेको स्मरण गरेका हुन् । ०७८ जेठ ८ गते गरेको दोस्रो संसद विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले..