मुख्य समाचार
एमालेलाई फुटबाट जोगाउन ओली र नेपालबीच भेटवार्ता
८ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गर्नुभएको हो । उहाँले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो । दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफु आफ्नो कदमबाट ब्याक बनाउने..
मेची भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्धि
५ वैशाख, झापा । चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्घि गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार साउनदेखि चैतमहिनासम्म राजस्व असुली लक्ष्य ८ अर्व, ५२ करोड ३० लाख २२ हजार रुपैयाँ भएपनि ९ अर्व ७२ करोड ८४ लाख ३७ हजार अथवा १ सय दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा १४..
पार्टीको ह्विप उल्लंघन गर्ने कर्णाली प्रदेशका सांसदलाई मन्त्री पद उपहार
५ वैशाख, काठमाण्डौँ । पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गर्नुभएको हो । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिइएको छ भने मुख्यमन्त्रीले नै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा..
सर्वदलीय बैठकमा कोरोना नियन्त्रण तथा उपनिर्वाचनको विषयमा छलफल भयोः मन्त्री ज्ञवाली
४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा कोरोना सङ्क्रमण नियन्त्रण, उपनिर्वाचन तथा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसको बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचन तथा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह..
पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेद्धारा ३ सांसदलाई कारवाही
४ बैशाख, काठमाण्डौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका..
कर्णलीमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गर्दे कारवाही गर्ने संकेत गर्नुभएको हो । उहाँले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिनुभएको छ । यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको पनि उहाँले बताउनुभएको छ । फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय..
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिन सफल
३ बैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज कर्णाली प्रदेश सभामा भएको मतदान प्रक्रियामा नेकपा एमालेका चार जना सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई मतदान गरेपछि उहाँले विश्वासको मत प्राप्त गर्नु भएको हो । नेकपा माओवादी र नेपाली काँग्रेससँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक तरिकाले नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा,..
भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल
२ बैशाख, झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका सिल गरिएको छ । आज (बिहीबार) बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ । उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो ।..
सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाइयोः प्रधानमन्त्री ओली
१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ । आज काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभयो । संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा..
प्रतिकूल अवस्थामा पनि २०७७ साल सफल वर्ष रह्योः प्रधानमन्त्री ओली
१ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल अवस्थामा पनि २०७७ साल राजनीतिक, आर्थिक र सामाजिक हिसावले सफलताको वर्ष रहेको बताउनुभएको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा देशबासीलाई शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका हल्लाहरुमा नअलमलिएर राष्ट्र निर्माणमा अघि बढ्न आह्वान गर्नुभएको हो । आपसमा फुट र बैमनष्यता नभइ राष्ट्रिय एकताका साथ सरकारले नयाँ वर्ष २०७८ सालमा नयाँ कामहरु गर्न लागेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७