मुख्य समाचार
जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित
१५ वैशाख, कास्की । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेशको प्रदेशसभा स्थगित भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा पर्नुभएन । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बताएको छ । गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् ।..
गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद हराएपछि खैलाबैला
१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजेबाट सुरु हुने भनिएको बैठकमा मतदान गर्ने कार्यसूची रहेको भनिएपनि अहिलेसम्म प्रदेशसभा सुरु भएको छैन । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा..
आजमात्र नेपालमा थपिए ४५ सय बढी कोरोना संक्रमीत
१४ वैशाख, काठमाण्डौँ । आजमात्र नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा चार हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट एक हजार नौँ जनाको परीक्षण गर्दा १६० जनामा..
प्रधानमन्त्री ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने जसपाको निर्णय
१४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र..
गण्डकी प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश
१४ वैशाख, कस्की । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार देखी सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई..
उपत्यकामा वैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द
१४ वैशाख, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा र यातायात बन्द गरिएको छ । आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त..
नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक जारी
१२ वैशाख, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ । वालुवाटारमा विहान १० बजे देखी सुरु भएको बैठक जारी छ । आजको बैठकलाई वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरताको रुपमा समेत हेरिएको छ । बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने स्रोतको भनाई छ । गत ६ गते बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई..
विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुरा !
१२ वैशाख, काठमाण्डौँ । ठिक आजकै दिन, छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०७२ वैशाख १२..
त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेपालको कीर्तिमानी जीत
११ वैशाख, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । आजर त्रिविको क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै आज नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३..
प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित २२ तले धरहराको उद्घाटन (फोटो हेर्नुहोस्)
११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गर्नुभएको हो । धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने अझै सकिएको छैन । उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औँ तलामा पुगेर पुष्पवृष्टि गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फाल्गुन..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७