प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचनको घोषणा

प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचनको घोषणा


८ जेष्ठ, काठमाण्डौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को (७) बमोजिम प्रतिनिधिसभा बिघटन गरी अर्काे प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मंसिर ३ गते शुक्रबारका लागि तोक्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६को (७) अनुसार प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर