७ जेष्ठ, काठमाण्डौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओली र कंग्रेस सभापती शेरवहादुर देउवाको दाबी पेश भएको छ ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नुभएको छ । त्यस्तै काँग्रेस सभापति देउवाले जनता समाजवादी पार्टीका १३ जना र नेकपा एमालेका २७ जनासहित १ सय ४९ जना सांसदको हस्ताक्षर सहित दाबि पेश गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
उता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी तथा जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह तथा नेकपा एमालेका माधव नेपाल–झलनाथ खनाल समूहको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्नुहुने भएको हो ।