वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत


१८ जेष्ठ, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । सर्वाेच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाउनुभएको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आजको सुनुवाई स्थगित हुने सम्भावना छ ।

प्रधानन्यायाधीश जबरासँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै शाक्यले कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रधानन्यायाधीश सहमत भएको जानकारी दिनुभएको हो । प्रधानन्यायाधीशले एक साताभित्रै नियमावली परिमार्जन गर्ने बताएको पनि शाक्यले जानकारी दिनुभयो ।3

उक्त नियामावली परिमार्जन गरेर फुट कोर्टबाट पारित गर्ने तयारी छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर