२५ जेष्ठ, कैलाली । सर्वाेच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो ।
‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इकमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ ।
यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि संञ्चालन हुने अवस्था निर्माण भएको छ ।