संसद् विघटनविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा

संसद् विघटनविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा


२३ जेष्ठ, काठमाण्डौँ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाई सकिएकोले अब अर्काे सुनुवाई भोलि हुनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

आज (आइतबार) संवैधानिक इजलासबारे नै सरकार पक्षका अधिवक्ता र विघटनविरुद्धका वकिलहरुबीच सवालजवाफ भएको थियो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर