एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छुः योगेश भट्टराई

एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छुः योगेश भट्टराई


४ असार, काठमाण्डौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाउनुभयो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको दाबी गर्नुभयो । उहाँले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गर्नुभयो । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताउनुभयो । तर, नेता नेपालले यी लाईन छोडे अर्काे पार्टी बनाए आफू ओली पक्षको एमालेमा नै हुने उहाँको भनाई छ ।

उहाँले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाउनुभयो । नेता नेपालले अर्काे पार्टी बनाए आफू एमालेमै रहने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर