एसइईको नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

३१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए श्रावण १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो ।

विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । सोही अनुसार असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको हो ।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270