२ असार, सिन्धुपाल्चोक । अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको भिषण बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका छ । यस्तै बजार क्षेत्र बगरमा परिणत भएको छ ।
बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् ।
हिजो साँझदेखिको बाढीपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै सेनाका साथै स्थानीयहरु उद्दार र राहतमा जुटेका छन् । यस्तै सभामुख अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायतपनि घटनास्थलको निरीक्षणमा पुगी उद्दार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
उसोत मेलम्चीको माथिल्लो भेगका क्षेत्रमा बाढीले मानवीय क्षति समेत पुगेको छ । हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर ७ जना बेपत्ता भएका छन् भने भौतिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ ।
यस्तै मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोलीलाई त्यस क्षेत्र तर्फ प्रस्थान गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।