सातै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

सातै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै


१ असार, काठमाण्डौँ । सातै प्रदेश सरकारले आज आआफ्ना प्रदेशसभा समक्ष आर्थिक बर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै छन् । कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसबाहेक प्रदेशहरुको भूगोल तथा आ–आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ । सातवटै प्रदेशका अर्थमन्त्रीले बार्षिक आय–व्यय प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

प्रत्येक बर्ष असार १ गते सबै प्रदेशमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर