मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया नष्ट

इलाम । भदौ २४ मा जेन–जेड आन्दोलनक्रममा प्रदर्शनकारीले मेची भन्सार कार्यालयमा आगजनी गर्दा २५ हजार किलो चिया जलेर नष्ट भएको छ । निर्यातका लागि भन्सार पुगेको इलामका पाँच कारखानाको चिया जलेको सूर्याेदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसनले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्रीअन्तु, गोर्खा र दाजु–भाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा नष्ट भएको एसोसिएसन महासचिव गोपाल कट्टेलले बताए । ‘आन्दोलनक्रममा बन्द भएका चिया कारखाना अब..

जेन जीको नेतृत्व घुमिफिरी ‘बा’ पुस्तामै

बंगलादेशमा युवा–विद्यार्थीको आन्दोलनले ८५ वर्षे महमद युनिशलाई सत्तामा पुर्याएजस्तै नेपालमा पनि जेनजी आन्दोलनको भावना विपरित हजुरबाु पुस्ताकै व्यक्ति सत्तामा पुग्ने सम्भावना देखिएको छ । जेनजीको भर्चुअल बैठकमा जारी भावी प्रधानमन्त्रीबारेको छलफल र आन्तरिक मत सर्वेक्षणले त्यस्तो देखाएको हो । सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण नतिजाअनुसार आज उनीहरूवीच भएको भर्चुअल मतदानमा उच्च अदालतमा कानुनी पेशारत र सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार डा.रामकृष्ण तिमल्सेनाका छोरा ूर्याण्डम नेपालीूभनी चिनाउने रास्ट्र बिमोचन तिमिल्सिनाले २६ प्रतिशत..

सांसद बन्न लेखजंगको हुटहुटी- पहिले नाउपाको समानुपातिक उम्मेदवार, अहिले रास्वपाबाट प्रत्यक्ष

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो । २०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन् । थापाले चार महिना अगाडि पार्टीबाट..

भट्टराईले ‘ह्यान्डसम हुनुहुन्छ, तीन-चार गर्लफ्रेन्ड होलान्’ भनेपछि भण्डारीले पनि फर्काएका थिए जबाफ

२०४८ सालको संसदीय निर्वाचनमा त्यो बेलाका अन्तरिम प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठेका थिए। उनलाई टक्कर दिँदै एमालेका महासचिव मदन भण्डारीले पनि काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिए। त्यो बेला एकभन्दा बढी ठाउँबाट उम्मेदवारी दिन पाइन्थ्यो। उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट पनि उठेका थिए। त्यतिबेला पार्टीको कार्यकारी महासचिव नै हुने व्यवस्था थियो। पार्टी अध्यक्ष भने मनमोहन अधिकारी थिए। त्यस हिसाबले एमालेको सबैभन्दा शक्तिशाली..

इलामको सूर्याेदय देशको छैटौं, कोशीको पहिलो

इलाम ।  इलामको सूर्याेदय नगरपालिका २०८०र०८१ सालको स्थानीय तह क्षमता स्वःमूल्यांकन (लिसा)मा देशकै छैटौं र कोशी प्रदेशको पहिलो भएको छ । इलाम नगरपालिका देशको सातौं र प्रदेशको दोस्रो स्थानमा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संयोजन मूल्यांकनमा सूर्याेदय ९०.५ अंक प्राप्त गरेको छ भने इलाम नगरले ९० अंक पाएको छ । सूर्याेदय देशभर छैटौं भएसँगै कोशी प्रदेशका एक सय ३७ पालिकामध्ये पनि पहिलो भएको हो । राष्ट्रिय..

कडा रोगबाट पीडितलाई कोशी सरकारको ८ करोड ८५ लाख सहायता वितरण

झापा,११ भदौं । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई ८ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०–८१ मा दिएका निवेदनका आधारमा ५० हजार र एक लाखका..

इलामको विकट फाकफेकथुमा अभियान र राजनिती हाकिरहेका अर्जुनका अनुभव

७ भदौ, इलाम । इलामको विकट स्थानिय फाकफेकथु गाउँपालिकामा विभिन्न अभियान र सत्तारुढ दल नेकपा एमालेको राजनिती हाकिरहेका अर्जुन योहाङसंग 'युआर थड्स'मा संञ्चालक नितेश राईले कुराकानी गरेका छन् । युवा अभियान्ता राईले संञ्चालन गर्ने 'युआर थड्स' नामक पोडकाष्टको दोस्रो अंकमा राई र अभियान्ता अर्जुन योङहाङबीच आफ्ना अभियान राजनितीक यात्राहरुको बारेमा कुराकानी गरिएको छ । युवा अभियान्ता नितेश राईले हप्ताको प्रत्येक शनिबार 'युआर थड्स' नामक युटुव च्यानल मार्फत संर्घषशिल युवा र..

गणपतिका प्रोपाइटर भण्डारीले सडक निर्माणको करिब पाँच करोड रकम नतिरेको आरोप

इलाम । झापाको दमकदेखि इलामको चिसोपानी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को दोस्रो र तेस्रो प्याकेज निर्माणको ठेक्का पाएको तर काम पूरा नगरेपछि हटाइएका गणपति ग्रुप अफ कन्स्ट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारीले पेटी कन्ट्राक्टर, होटल सञ्चालक, अन्य व्यवसायी र स्थानीय कामदारलाई तिर्नु पर्ने रकम नतिरी सम्पर्क विहीन भएको आरोप लागेको छ । बिहीबार झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा सडक निर्माण कम्पनीबाट आफूहरु पीडित भएको बताएका हुन् ।..

भूमि विधेयक: सरकारलाई हदबन्दी तोक्ने अधिकारदेखि वातावरणीय मापदण्ड खुकुलो पार्नेसम्मको व्यवस्था

काठमाडौं । लामो समयदेखिको बहस, विवाद र राजनीतिक दाउपेचबीच ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ प्रतिनिधि सभामा पेश भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको विधेयक समितिका सभापति कुशुम थापाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेश गरेकी हुन् । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको असहमति र फरक मतका बाबजुद बिहीबार समितिबाट पारित भएर शुक्रबार सदनमा पेश..

एमालेको निषेध छल्दै विद्यालाई भेट्न मोरङमा नेताहरुको लर्को

विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका बन्द गरिसकेको छ, तर पार्टीपंतिमा उनीप्रति आकर्षण र क्रेज यथेष्ट रहेको बिराटनगर यात्रामा पनि देखिन्छ । उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी लगायत विमानस्थलमा पुगेका..