फोनिज झापाको अध्यक्षमा अर्जुन राजवंशी

झापा, माघ २०। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको ७औं अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा नयाँ समिति पाएको छ । फोनिज झापाले रजत वर्षको अवसरमा विर्तामोडमा आयोजित अधिवेशनले सर्वसम्मत कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । सदस्यहरुमा सुरेश आले मगर, सजन राई, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सौरभ मुखिया, मिना नेम्बाङ, डिके शेर्मा र..

इलाममा विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत

इलाम– इलाम नगरपालिकाले १६औं नगरसभा अवसरमा विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरले शिक्षा, खेलकुद, कृषि, पत्रकारितालगायत क्षेत्रका ४० भन्दा बढीलाई सम्मान र पुरस्कृत गरेको हो । नगरको विकास र समृद्धिमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति–संस्थालाई सम्मान गरिएको नगरले जनाएको छ । मेयर केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विष्णु लिम्बू दाहालले स्वागत मन्तव्य राखिन् । त्यस अवसरमा जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । नगरले..

दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै निसान पदयात्रा

इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा सुरु गरिएको छ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा थालिएको हो । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब दुई सय जनाले पदयात्रा थालेका हुन् । बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा..

१२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार, किसान उत्साहीत

८ पौष, इलाम– रोगले सखाप भइसकेको अलैंचीबाट निरास भइसकेका किसान अहिले त्यसैमा उत्साहीत भएका छन् । उत्पादित अलैंचीको भाउ राम्रो आएपछि थोरै लगानीबाट किसानले उच्च मूल्य पाएका छन् । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार भएपछि किसानमा जाँगर थपिएको हो । अहिले इलामका बजारमा प्रतिमन (४० किलो) उच्च गुणस्तरीय अलैंचीको मूल्य एक लाख १० हजार पुगेको छ । अलैंचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान अझ..

झापाको हल्दिबारीमा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर सुरू

८ पौष, झापा । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ । शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ । गाउँपालिकाको कुल ४ लाख लागतमा संचालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो । शिविरमा सबै वडाबाट कुकुर संकलन गरीदैछ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको हो । कुकुरको..

कृषि अनुदानलाई हटाएर व्याजमा अनुदान व्यवस्था गरिने कृषि मन्त्री हाङगामको भनाई

६ पौष, झापा । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिहं हाङगामले गत आर्थिक वर्षसम्म प्रदान गरिदैं आएको कृषि अनुदानलाई हटाएर चालू आर्थिक वर्षदेखि व्याजमा अनुदान व्यवस्था गरिएको बताउनुभएको छ । झापाको दमकस्थित दाहाल प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री हाङगामले बालबालिकालाई दुध सेवन गराएर कार्यक्रमको उद्घाटन गर्दे सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकारले..

रैथाने धानको संरक्षण गर्न झापाको शिवसताक्षीमा नुनिया धान पकेट क्षेत्र घोषणा

२ पौष, झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । नगरपालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य..

झापाको दुधेमा प्रदेशकै ठूलो चसोक तङ्नाम सम्पन्न, ५ जना डाक्टर सम्मानीत

१ पौष, झापा । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को..

सरकारी दमक अस्पतालमा जटिल विरामीका लागि आइसीयू विस्तार गरिने

२९ मंसिर, झापा । झापाको दमक–१ स्थित सरकारी दमक अस्पतालमा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि सघन उपचार कक्ष (आइसीयू) विस्तार गरिने भएको छ । दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लव अफ दमक स्टर्नलायन वीच आइसीयू निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहित अस्पताल, लायन्स अगुवाको हस्ताक्षार छ । दमक अस्पताल र दमकेली लायन्सहरूको संयुक्त सहकार्यमा लायन्स क्लव ईष्टर्न लाईनको प्रस्ताव..

झापामा यसवर्ष नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

२९ मंसिर, झापा । झापामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।..