मुख्य समाचार
दमक बालुवाटारको ८ सय रोपनी जग्गा व्यक्तिमा लैजाने माओवादी नेता गगनसहित ९ जना भ्रष्टाचारी ठहर
२८ साउन, काठमाडौं । विशेष अदालतले झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा माओवादीका स्थानीय नेता गगन पुरीसहित ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले गगन भनिने रेवतराज पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना गरेको छ । पुरीसँगै ९ जनालाई भ्रष्टाचारको आरोपमा कसुरदार ठहर गरेको हो । विशेष अदालतले व्यक्तिको नाममा दर्ता भएको झण्डै ८०० रोपनी जग्गा जफत (सरकारीकरण हुने)..
रोकेर राखेको ट्रकमा आगलागी
२८ साउन, झापा । झापाको दमकमा कपडा लोड भएको ट्रकमा अचानक आगलागी भएको छ । सोमबाराती १२ः४५ बजे दमक–३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडी सडक छेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएको हो । प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोली, स्थानीयबासी, दमक नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो राति १ः४० बजे..
इजरायलले हत्या गरेका पत्रकारले मृत्युअघि संसारका मान्छेलाई लेखेको हृदयविदारक पत्र
अल-जजेरा । इजरायलले हत्या गरेका अल जजीराका चर्चित पत्रकार अनस अल शरिफ कुनै पनि बेला आफू मारिन सक्नेमा सचेत थिए । इजरायलले उनलाई निशाना यसकारण बनाइरहेको थियो कि गाजामा भइरहेको जातीय नरसंहार अनि त्यहाँ महिला बालबालिकाको विभत्स हत्याको सचित्र वर्णन गरेर संसारलाई जानकारी गराउने उनी अग्रमोर्चाका पत्रकार थिए । उनको रिपोर्टिङले गर्दा इजरायलप्रति विश्वभर घृणा उत्पन्न गराइरहेको थियो, जसबाट आफ्नो युद्ध अपराध लुकाउन सकेको थिएन । शरिफले गत अप्रिल महिनामै..
प्रधानमन्त्री ओलीको चासोपछि ‘रोङ ब्रान्ड’ले पायाे देशव्यापी चर्चा
इलाम । पूर्वी नेपालस्थित इलामको रोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई ‘रोङ ब्रान्ड’ मार्फत बजारमा ल्याएपछि यसको लोकप्रियता देश–विदेशमा फैलिएको छ। कृषिमा आधारित अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यसहित गाउँपालिकाले स्थानीय स्रोत र श्रमको प्रयोग गर्दै उत्पादकमुखी अभियान अघि बढाएको हो। गाउँपालिकाले किसानबाट उत्पादित बेसार, सिस्नु, गुन्द्रुक, करेलाको सुकुटी, मह, अचार, पानी लगायतका वस्तुहरू प्रशोधन गरी ‘रोङ ब्रान्ड’ नाममा व्यावसायिक रूपमा बजारमा पठाएको हो। यसका लागि किसानलाई तालिम, अनुदान, प्रविधि र बजार व्यवस्थापनमा सहयोग..
इलाममा धान रोपाइँ ७४ प्रतिशतमा सीमित (भिडियो सहित)
इलाम । इलामको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि महिनाअघि नै खेत खनजोत गरी तयार पारेका थिए । तर, अझैसम्म धान रोप्न सकेका छैनन् । उनको खेतमा पानी पुग्ने मुहानमै पानीको मूल नफुटेकाले रोपाइँ सम्भव भएको छैन । वर्षाकै आशमा यतिबेलासम्म सुरविरको खेत बाँझै छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ गर्न नसकेपछि उहाँ आकासतिर हेर्दै पानीको प्रतीक्षामा छन् । ‘समयमा पानी नपर्दा रोपाइँ गर्न पाइएन..
‘हायु’ परिवारको निर्णय लोपोन्मोख समुदायको राज्यप्रतिको मौन प्रतिवाद हो: सौरवी सुनुवार
१३ साउन, काठमाण्डौ । सिन्धुलीको गोलन्जोर–६ का १६ जना हायू परिवारका सदस्य पोखरा चुपचाप पुगे।हल्ला चल्यो बेपत्ता भए कतै भनियो घुम्न गएका हुन्। तर वास्तविकता के थियो। उनीहरू पोखरा पुगेर, होटलमा बसे पछि दुई स्थानीयको घरमा शरण लिए। प्रहरीका अनुसार बिरामी पर्छौं, काम छैन, उपचार छैन, आर्थिक कमजोर छ, गाउँमा बस्न गाह्रो छ त्यसैले पोखरामा काम खोज्दै बस्ने निर्णय गरेका हौं भनेका छन्। यो एउटा परिवारको निर्णयको रूपमा लिने..
भ्रष्टाचारको फाईल खोल्न थालेपछि अख्तियार प्रमुख राई विरुद्ध श्रृखलाबद्ध प्रोपोगान्डा
काठमाडौं । गत ७ साउन २०८२ मा विशेष अदालतले वाइडबडी विमान किन्दा भएको भ्रष्टाचार मुद्दाको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्याे । अख्तियारले २२ चैत २०८० मा २४ जना नेपाली अधिकारी र ८ विदेशी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २० मंसिर २०८१ मा फैसला दिएको थियो । समान्यतय विशेष अदालतले सार्वजनिक गर्ने फैसलाको पूर्ण पाठहरु..
पूर्वीनाका काँकडभिट्टाबाट ४७ अर्ब ६० करोड बराबरको सामान आयात
१० साउन, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१।८२ मा रु ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएको छ । आव २०८०–८१ को तुलनामा गत आवमा रु दुई अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उहाँले..
झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि ‘डग स्न्यापिङ’
९ साउन, झापा । झापामा लागुऔषध नियन्त्रण, रोकथाम तथा पहिचानका लागि दुई वटा कुकुरबाट ‘डग स्न्यापिङ’ गरिएको छ । बिहीवार प्रदेश प्रहरी कार्यालय ‘के नाईन’ शाखा धरानको टोलीले मेचीनगरको विभिन्न स्थानमा पहिचानको काम गरेको थियो । बिहीवार साँझ झापा मेचिनगर ९ झोडास्थित क्षेत्रबाट पहिचानको काम सुरु गरिएको थियो । टोलीले मेचीनगर –९ झोडा, लिलाबस्ति, खुट्टिडाँगि, वडा नं. १० को पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा डग स्नापिङ गरिएको झापा प्रहरीले..
विद्या भण्डारीले भनिन्– माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ
६ साउन, काठामाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । आफ्नै निवास भंगालमा केही पत्रकारसँग कुराकानी गर्दै भण्डारीले उक्त दाबी गरेकी हुन् । पत्रकारसँग उनले भनिन्, 'म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।' भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै एमालेको आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७