
९ भाद्र, काठमाण्डौँ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुले निर्वाचन आयोगको कार्यलय पुगेर सनाखत गरेका छन् । पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुग्नुभएको थियो । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुग्नुभएको थियो भने नेताहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर गएका थिए ।
दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको नाममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए ।
एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७