स्वास्थ्य / जीवनशैली

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३०० पुग्यो, थप एकजनाको मृत्यु
२१ जेष्ठ, झापा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र..

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिनेः मन्त्री ढकाल
२१ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा..

लकडाउनको नयाँ मोडालिटी तयार गर्न उच्चस्तरीय समिति निरन्तर छलफलमा
२० जेष्ठ, काठमाण्डौँ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा अहिले पनि जारी छ । लकडाउन खुकुलो बनाउने या विकल्प खोज्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बसेको हो । लकडाउन खुकुलो पार्नेगरि मोडालिटी तयार पार्न समितिले आज उद्योगपति तथा व्यवसायीहरुसँग छलफल गरेको थियो । स्रोतका अनुसार अहिले विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुसँग समितिले छलफल गरिरहेको छ ।..

थप २८८ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या २०९९ पुग्यो
२० जेष्ठ, काठमाण्डौँ । थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् । यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८,..

झापाको गैरीगञ्जमा भारतबाट आउने नेपालीको संख्या बढेपछि क्वारेन्टाईन स्थल थपिदैँ
२० जेष्ठ, झापा । झापाको गौरीगंज गाउँपालिकाले थप २ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा भारत गएका नेपालीहरूको घर फर्कने क्रम बढेपछि उनीहरूको व्यवस्थापनका लागि थप दुई स्थानमा क्वारेन्टाइन स्थापना गर्न गाउँपालिकाको सोमवार बसेको बैठकले निर्णय गरेको हो । गौरीगंज गाउँपालिकाको वडा नं. ५ र ६ का लागि वडा नं. ६ खजुरगाछीमा रहेको खजुरगाछी मा.वि. र वडा नं. १ र २ का लागि वडा नं...

पत्रकार महासंघ झापाद्वारा ८० जना पत्रकारको कोरोना बीमा
२० जेष्ठ, झापा । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषद्धारा ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो । पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी/आइपीएस)को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो । पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष..

सुनसरीको स्थानियतहमा रहेका क्वारेन्टाईनको स्थलगत अनुगमन
२० जेष्ठ, सुनसरी । सुनसरी जिल्लामा रहेका विभिन्न क्वारेन्टाईनको सुधारका लागि अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा रेहको टोलीले जिल्लामा रहेका स्थानिय तहहरुका क्वारेन्टाईनहरुको स्थलगत अनुगमन गरेको हो । अनुगमन टोलीले पालिकाहरुमा संञ्चालन गरिएका क्वारेन्टाईनको अवस्था राम्रो रहेको पाईएपनि विद्यालयहरुमा संचालन गरिएको क्वारेन्टाईनमा सुधार गर्नुपर्ने औल्याएको छ । ती क्वारेन्टाईनले क्वारेन्टाईन सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको कार्याविधि २०७६ अनुसार नै सञ्चालनमा रहेको र केहीको..

धरानको वीपी प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित निको भएर घर फर्किए
२० जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज दिईएको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाह ले बताउनुभयो । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला रहेकी छिन्न् भने अन्य सबै झापा जिल्ला का रहेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर..

कोरोना संक्रमित र परिक्षणको अवस्थाः पर्वतमा पनि थपिए संक्रमित
२० जेष्ठ, काठमाण्डौँ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमित भेटिएका हुन् । पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् ।..

इनरुवा नगरपालिकामा पाँच सय वेड क्षमताको क्वारेन्टाईन निर्माण गर्न नेकपाको माग
१८ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा ५ सय वेड क्षमताको क्वारेन्टाईन निर्माण गर्न नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इनरुवाले माग गरेको छ । नेकपाले इनरुवाका दैनिक ज्यालादारी गर्ने मजदुर सहित विपन्नलाई राहत दिनुपर्ने र तीन दिन भित्र ५ सय वेडको क्वारेन्टाईन निर्माण गर्नुपर्ने माग सहितका ११ वुदे ज्ञापनपत्र बुझाएको छ । पर्टीले कोरोना भाईरस नियन्त्रण तथा समन्वय गर्न नगरक्षेत्रमा रहेका सरोकारबालाहरुको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय समन्वय समिति गठन गर्न गर्नुपर्ने,..