स्वास्थ्य / जीवनशैली

कोरोना महामारीको समयमा राजनीति प्रवेश भएको स्वास्थ्यमन्त्रीको भनाई
३० जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिनुभएको हो । उहाँले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताउनुभयो । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरूलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरू बढेको बताउनुभयो ।..

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो, १६ जनाको मृत्यु
३० जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले ४४८ संक्रमित थपिएको जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका संक्रमितमध्ये ४२४ पुरुष र २४ महिला छन् । आज अहिलेसम्मकै सर्वाधिक संख्या बढेको छ । यसअघि हिजो २ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ६ सय १४ पुगेको थियो ।..

वीपी प्रतिष्ठानमा उपचाररत झापाका थप ३० जनाले कोरोनालाई जिते
३० जेष्ठ, झापा । झापाका ३० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन् । शुक्रबार साँझ वीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । उनीहरूको पछिल्लो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन्..

चौतर्फी आलोचना भएपछि आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार
३० जेष्ठ, काठमाण्डौँ । चौतर्फी आलोचना भएपछि सरकारले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र आरडिटी माध्यमबाट परिक्षण गरिने तयारी रहेको छ । प्रवक्ता गौतमले भन्नुभयो,–‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन । त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन ।’ क्वारेन्टिनमा १४ दिन..

आज थप २५० जना कोरोना संक्रमित थपिए, कुल संख्या ४६१४ पुग्यो
२९ जेष्ठ, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २ सय ५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमित ४ हजार ६ सय १४ पुगेको बताउनुभएको छ । जसमध्ये ३२९ महिला र ४२८५ पुरुष छन् । यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका..

आज थप २७९ जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४३६४ पुग्यो
२८ जेष्ठ, काठमाण्डौँ । आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिनुभयो । मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको..

आज थप ३२३ जना कोरोना संक्रमित थपिए, निको हुँनेको संख्या ५८४ पुग्यो
२७ जेष्ठ, काठमाण्डौँ । थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले..

इलामका एक युवकमा कोरोना संक्रमण पुष्टी
२७ जेष्ठ, इलाम । इलाममा पहिलो पटक एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित इलामको सूर्याेदय नगरपालिकाका एक २६ बर्षिय युवक हुन । उनी भारतको चेन्नाईबाट केही साता अघि मात्र नेपाल आएका थिए । उनी सहित भारतबाट इलाम आएका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि केही दिन अघि विराटनगर स्थित प्रदेश–१ को कोशी कोभिड अस्पताल पठाईएको थियो । स्वाब परिक्षण रिपोर्ट अनुसार ति एक युवकमा मात्र कोरोनाको..

आज थप ३१४ जना कोरोना संक्रमि थपिए, कुल संक्रमित संख्या ३७६२ पुग्यो
२६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संक्रमित संख्या थपिएको दैनिक प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । आज थपएिका संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् । यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका..

असार १५ देखी दैनिक १० हजार जनाको पीसीआर टेष्ट गर्ने छौँः स्वास्थ्य मन्त्री ढकाल
२६ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जुनसुकै कारणले मृत्यु भएपनि मृतकमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर मृत्युपछि पनि पीसीआर टेष्ट गरिने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सांसदहरु ऋाफ्नो मन्त्रालय माथी उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले जुनसुकै कारणले मान्छेको मृत्यु भएपनि मृतकको शरीरमा कोरना भाइरसको संक्रमण थियो भने उसको सम्पर्कमा रहेका परिवारका सदस्यहरु तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने प्रयोजनका लागि तथा शव..