इलाम सूर्याेदयका थप एक जनामा कोरोना संक्रमण पुष्टि

३० जेष्ठ, इलाम/चुलाचुली । इलाम सूर्याेदय नगरपालिकाका थप एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । करफोक क्वारेन्टाइनमा रहेका सूर्याेदय नगरपालिकाका १८ बर्षिय युवकमा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी गत जेष्ठ २० गते सिलिगुडीबाट इलाम आएका थिए । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो । यसअघि जेष्ठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ बर्षिय युवकमा..

कोरोना महामारीको समयमा राजनीति प्रवेश भएको स्वास्थ्यमन्त्रीको भनाई

३० जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिनुभएको हो । उहाँले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताउनुभयो । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरूलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरू बढेको बताउनुभयो ।..

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो, १६ जनाको मृत्यु

३० जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले ४४८ संक्रमित थपिएको जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका संक्रमितमध्ये ४२४ पुरुष र २४ महिला छन् । आज अहिलेसम्मकै सर्वाधिक संख्या बढेको छ । यसअघि हिजो २ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ६ सय १४ पुगेको थियो ।..

वीपी प्रतिष्ठानमा उपचाररत झापाका थप ३० जनाले कोरोनालाई जिते

३० जेष्ठ, झापा । झापाका ३० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन् । शुक्रबार साँझ वीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । उनीहरूको पछिल्लो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन्..

चौतर्फी आलोचना भएपछि आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

३० जेष्ठ, काठमाण्डौँ । चौतर्फी आलोचना भएपछि सरकारले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र आरडिटी माध्यमबाट परिक्षण गरिने तयारी रहेको छ । प्रवक्ता गौतमले भन्नुभयो,–‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन । त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन ।’ क्वारेन्टिनमा १४ दिन..

आज थप २५० जना कोरोना संक्रमित थपिए, कुल संख्या ४६१४ पुग्यो

२९ जेष्ठ, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २ सय ५० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमित ४ हजार ६ सय १४ पुगेको बताउनुभएको छ । जसमध्ये ३२९ महिला र ४२८५ पुरुष छन् । यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका..

आज थप २७९ जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४३६४ पुग्यो

२८ जेष्ठ, काठमाण्डौँ । आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिनुभयो । मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको..

आज थप ३२३ जना कोरोना संक्रमित थपिए, निको हुँनेको संख्या ५८४ पुग्यो

२७ जेष्ठ, काठमाण्डौँ । थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले..

इलामका एक युवकमा कोरोना संक्रमण पुष्टी

२७ जेष्ठ, इलाम । इलाममा पहिलो पटक एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित इलामको सूर्याेदय नगरपालिकाका एक २६ बर्षिय युवक हुन । उनी भारतको चेन्नाईबाट केही साता अघि मात्र नेपाल आएका थिए । उनी सहित भारतबाट इलाम आएका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि केही दिन अघि विराटनगर स्थित प्रदेश–१ को कोशी कोभिड अस्पताल पठाईएको थियो । स्वाब परिक्षण रिपोर्ट अनुसार ति एक युवकमा मात्र कोरोनाको..

आज थप ३१४ जना कोरोना संक्रमि थपिए, कुल संक्रमित संख्या ३७६२ पुग्यो

२६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संक्रमित संख्या थपिएको दैनिक प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । आज थपएिका संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् । यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका..