हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित फेला

४ आश्विन, कास्की । गण्डकी प्रदेशमा विहिबार मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज फेला परेका नयाँ संक्रतिम मध्ये दुई जना महिला र बाँकि ४५ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय रामपुर पोखराले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ९४ पुगेको छ । जारी सुचना अनुसार हिमाल पारिको जिल्ला मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुबाट मनाङ पुगेका कर्मचारीमा कोरोना पुष्टि भएको..

आज थपिए ३८० जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ६५९१ पुग्यो

२ आश्विन, काठमाण्डौँ । नेपालमा आज मात्र ३ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये महिला ४ सय ९९ र पुरुष ६ हजार ९२ छन् । संक्रमित संख्या बढिरहेकाले शतर्क हुन भनिएको छ । यसअघि हिजो संक्रमित संख्या ६ हजार नाघेको थियो । हिजो ४..

दमकका क्रियशिल पत्रकारहरुलाई मास्क वितरण

१ अश्विन, झापा । दमकका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य शुरक्षका लागि मास्क वितरण गरिएको छ । प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी र पूर्वप्रेस संयोजक चेतन अधिकारीद्धारा पत्रकारहरुलाई १०० थान एन ९५ मास्क पत्रकार मञ्च दमक मार्फत वितरण गरिएको हो । त्यस्तै स्थानीय व्यवसायी दयासागर आचार्य र सुमन काफ्लेद्धारा दुई सय थान सर्जिकल माक्स र ९ थान एन ९५ मास्क मञ्चलाई प्रदान गरिएको छ । क्रियाशील पत्रकारहरुलाई कोरोनाको संक्रमणबाट..

आज मात्र थपिए ४५१ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ६ हजार २ सय ११

१ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । आज थप ४५१ संक्रमित थपिएसँगै संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिनुभयो । २४ घण्टामा थपिएको यो संख्या हालसम्मकै उच्च हो । कुल संक्रमितमध्ये ५ हजार ७ सय ४० पुरुष र ४..

आज थपिए ४२५ जना कोरोना संक्रमित, निको हुनेको संख्या ९७४ पुग्यो

३२ जेष्ठ, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै बितेको २४ घण्टामा ६१..

गुल्मीमा एक जना कोरोना संक्रमितको मृत्यु, सुदूरपश्चिममा थप ६४ संक्रमित थपिए

३२ जेष्ठ, काठमाण्डौँ । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्काेट गाउँपालिकाका ३६ वर्षीय पुरुषको हिजो राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो । मृतक व्यक्तिमा जेष्ठ १२ कोरोना सङ्क्रमण पुष्टि भएसँगै रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी विगत २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए । केही दिनअघिदेखि उहाँको स्वास्थ्य अवस्था..

कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो, मृत्यु हुनेको संख्या १८

३१ जेष्ठ, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै पर्सा र बर्दियामा ६/६ जना, झापा र रुपन्देहीमा ५/५ जना, मोरङ र पर्वतमा ४/४ जना, दाङ..

झापामा अहिलेसम्म ६ हजार ४ सय १६ जनाको कोरोना परीक्षण

३१ जेष्ठ, झापा । झापा जिल्लामा पीसीआर र आरडीटी विधिबाट अहिलेसम्म ६ हजार ४ सय १६ जनाको कोरोना परीक्षण गरीएको छ । जिल्ला व्यवस्थापन सहायता कक्ष झापाका सचिव जीवन चौलागाईँका अनुसार पीसीआर विधिबाट ३ हजार ९ सय ८७ जनाको नमुना स्वाब संकलन गरी १ नम्वर प्रदेश प्रयोगशालामा परीक्षण गर्दा १ सय ६९ जनामा कोभिड १९ को संक्रमण फेला परेको छ । करीव ५ सयको रिपोर्ट आउन बाकी रहेको र अरू..

झापाका ९५ जनाले कोरोनालाई जीतेर घर फर्किए

३१ जेष्ठ, झापा । झापा जिल्लाका जम्मा ९५ जना कोरोना संक्रमितले संक्रमणलाई जितेर घर पर्किएका छन् । संक्रमण पुष्टि भएपछि विराटनगरको कोशी अस्पताल र सुनसरीको विपि प्रतिष्ठानमा उपचारारत उनिहरुले कोरोनालाई जितेर संक्रमण मुक्त भएका हुन् । जिल्ला व्यवस्थापन सहायता कक्ष झापाका सचिव जीवन चौलागाईँका अनुसार पहिलो पटक ११ बैशाखमा झापा दमक नगरपालिका–३ का ४६ वर्षीय पुरूषमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । जेठ ३० सम्ममा जिल्लाका १३ वटा..

वीरगन्जको खुल्ला सडकमा भेटिएको बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि

३१ जेष्ठ, जनकपुरधाम । सडकमै मृत भेटिएका युवकको शवमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले..