२७ जेष्ठ, इलाम । इलाममा पहिलो पटक एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।
संक्रमित इलामको सूर्याेदय नगरपालिकाका एक २६ बर्षिय युवक हुन । उनी भारतको चेन्नाईबाट केही साता अघि मात्र नेपाल आएका थिए ।
उनी सहित भारतबाट इलाम आएका ४६ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि केही दिन अघि विराटनगर स्थित प्रदेश–१ को कोशी कोभिड अस्पताल पठाईएको थियो । स्वाब परिक्षण रिपोर्ट अनुसार ति एक युवकमा मात्र कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका महामारी रोग व्यवस्थापन शाखा प्रमुख बिमल बरालले पुष्टि गर्नुभयो ।
संक्रमित युवकलाई उपचारको लागि मोरङको गोठगाउँ स्थित रहेको कोरोना अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो ।
इलाममा कोरोना संक्रमित फेला परे संगै प्रदेश–१ मा कोरोना संक्रमण नदेखिने जिल्ला ओखलढुङ्गा मात्र रहेको छ ।