३० जेष्ठ, इलाम/चुलाचुली । इलाम सूर्याेदय नगरपालिकाका थप एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । करफोक क्वारेन्टाइनमा रहेका सूर्याेदय नगरपालिकाका १८ बर्षिय युवकमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनी गत जेष्ठ २० गते सिलिगुडीबाट इलाम आएका थिए । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो ।
यसअघि जेष्ठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ बर्षिय युवकमा पनि कोरोनाको संक्रमण देखिएको थियो । उनी जेष् १८ गते इलाम प्रवेश गरेका थिए । उनको पनि गोठगाउँमा उपचार भइरहेको छ । पहिलो कोरोना संक्रमित देखिएकै दिन करफोक क्वारेन्टाइन सिल गरिएको छ ।