स्वास्थ्य / जीवनशैली
झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना पुष्टि
९ असार, झापा । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार झापामा आज संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट आएकी हुन् । उनीहरु सबै जना आ–आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमित हुनेमा..
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मृत्यु हुनेको संख्या २४ पुग्यो
९ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९..
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ९५६१ पुग्यो
८ असार, काठमाण्डौँ । नेपालमा आज ५३५ जनामा थप कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत ५३५ संक्रमित थपिएको बारे नयाँ अपडेट गराएको हो । मन्त्रालयका प्रवक्ता अनुसार आज थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला रहेका छन् । आव कुल संक्रमित संख्या ९५६१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक..
प्रदेश–१ का ५४ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए
६ असार, काठमाण्डौँ । प्रदेश–१ बाट कोरोना भाईरसलाई जितेर घर फर्कनेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश–१ मा हालसम्म फेला परेका ४३० संक्रमितमध्ये २३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको संख्याको ५४.४१ प्रतिशत हो । प्रदेश सरकारको व्यवस्थित उपचार प्रणाली, क्यारेन्टाईन व्यवस्थापनमा सतर्कताका कारण समुदायस्तरमा फैलन नपाएको संक्रमणलाई क्वारेन्टाईनमा मात्रै सिमित राखिएको छ । प्रदेश–१ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख..
आज ३ सय ३१ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ८ हजार ६ सय ५ पुग्यो
६ असार, काठमाण्डौँ । आज थप ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार संक्रमितमध्ये पुरुष २ सय ८२ र महिला ४९ जना छन् । कुल संक्रमितमध्ये पुरुष ७ हजार ८ सय ४९ र महिला ७ सय ५६ जना छन् । असार महिनाभर कोरोना संक्रमितको..
कुवेतबाट दमक आईपुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि
५ आश्विन, झापा । झापा दमककी एक जना महिलामा आज कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट गत जेष्ठ ३१ गते दमक आईपुगेकी २९ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वाब संकलन गरि बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाईएकोमा पिसिआर रिपोर्ट पोजिटिभ आएको दमक नगरपालिकाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिनुभयो । कुवेतबाट आई सुरक्षित रुपमा क्वारेन्टाईनमा बसेकी दमक स्थायी घर भएकी महिलाको गत..
नेपालमा आज थपिए ४ सय २६ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो
५ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । आज ४ सय २६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा पुरुष ३ सय ३८ र महिला ८८ जना छन् । यसअघि हिजो सर्वाधिक ६ सय ७१..
विद्युत महशुलमा ठगी गरेको भन्दै चुलाचुलीका दुई जना कर्मचारी माथी छानविन
४ आश्विन, इलाम । ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै २ जना कर्मचारीमाथी नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले अनुसन्धान सुरु गरेको छ । इलाम वितरण केन्द्र मातहतको चुलाचुली फ्युज सेवा अन्र्तगत वडा नं १ का ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै दैनिक ज्यालादरी कर्मचारी डिल्लीराम खतिवडा र गोटागन्ती मिटर रिडर रन्जु खतिवडा विरुद्ध वितरण केन्द्रले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । उनीहरु विरुद्ध उजुरी परेपछि वितरण केन्द्रका इलामबाट लेखा..
नेपालमा आज मात्र थपिए ६ सय ७१ जना कोरोना संक्रमित
४ आश्विन, काठमाण्डौँ । नेपालमा आज मात्र ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ५ सय ९१ पुरुष र ८० जना महिला छन् । कुल संक्रमितमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला छन् । पछिल्लो समय विदेशबाट नेपालीहरु आउने क्रम..
कमलको क्वारेन्टाइनका बसेका १९ जनालाई घर पठाइयो
४ आश्विन, झापा । झापाको कमल गाउँपालिका–३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि आज सामुहिकरुपमा विदाई गरिएको छ । भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइन राखिएको थियो । क्वरेन्टाइनमा राखिएका सबै नागरिकको पिसिआर नतिजाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सामुहिक विदाई गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले उनिहरुलाई विदाई गर्दे भन्नुभयो –‘कोभिड १९ को संक्रमणबाट..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७