३० जेष्ठ, झापा । झापाका ३० जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन् ।
शुक्रबार साँझ वीपी प्रतिष्ठानबाट डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । उनीहरूको पछिल्लो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।
डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन् । प्रतिष्ठानको आइसोलेसनमा अब ३२ जना संक्रमित उपचाररत छन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।