थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो

२५ जेष्ठ, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा आज थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिनुभयो । नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ..

नेपालमा एकै दिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु पुष्टि, कुल मृतक संख्या १३ पुग्यो

२४ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज एकै दिन दुईजना मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । मृतकमध्ये डोल्पाका ५८ वर्षीय पुरुष र कैलालीकी ५५ वर्षीया महिला छन् । उनीहरु दुवैको मृत्युपछि नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिनुभयो । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको २१..

गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि

२४ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितहरु स्याङ्जाका १०, कास्कीका ३, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकाका १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा..

आज २७८ संक्रमित थपिए, कुल संक्रमित संख्या २ हजार ६ सय ३४ पुग्यो

२३ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका २७८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएको संक्रमितबारे जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित थपिएसँगै शतर्क रहन आग्रह गर्नुभएको छ । यसअघि हिजो एकै दिन किर्तिमानी ३३४ कोरोना भाइरसका संक्रमित थपिएपछि कुल संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको थियो । थपिएकामा पुरुष ३१९ र महिला १५ जना थिए । कुल संक्रमित..

सुनसरीमा आज थपिए १६ जना कोरोना संक्रमित

२३ जेष्ठ, सुनसरी । सुनसरीमा आज थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका हरीनगरा क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हरीनगरा गाउँपालिकाका स्वास्थ्य सन्योजक प्रकाश मगरले जानकारी दिनुभयो । त्यस्तै बर्जु गाउँपालिकाका थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बर्जुका स्वास्थ्य संयोजक राम बाबू श्रेष्ठले बताउनुभयो ।..

सुनसरीका पत्रकारको उपचारमा नोवेल अस्पतालले ५० प्रतिशत छुट दिने

२३ जेष्ठ, सुनसरी । नोबेल अस्पताल विराटनगरले सुनसरीका पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडियामा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन । उहाँले भन्नुभयो ‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिशत छुट गर्ने सम्झौता भएको छ । उपचार गराउँन जानका लागि..

उपचारमा आएका एक बच्चा कोरोना संक्रमित पाईएपछि बीपी प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्ड बन्द

२३ जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अव्जरभेसन वार्डमा उपचार गर्न आएका एक बच्चा कोरोना संक्रमित पाईएपछि वार्डमा आवाजात बन्द गरिएको छ । १० वर्षीय बच्चाको खुट्टामा फ्याक्चर भएर उपचारका लागि प्रतिष्ठानमा ८ दिन अघि ल्याइएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार वच्चाको खुट्टाको अप्रेसन गर्नुपर्ने भएकोले अप्रेसन पूर्व पिसिआर परीक्षण गर्दा हिजो बेलुकी बच्चाको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनको..

अब क्वारेन्टिनमा भएका सबैको पिसिआर परीक्षण नहुने, नयाँ निर्देशिका जारी

२३ जेष्ठ, काठमाण्डौँ । सरकारले क्वारेन्टिनमा भएका सबै व्यक्तिको पिसिआर परीक्षण नगर्ने बताएको छ । पछिल्लो समय अत्यधिक परीक्षणको चाप बढेपछि सरकारले कोरोना भाइरस परिक्षणको नयाँ निर्देशिका जारी गर्दै प्राथमिकताका आधारमा पिसिआर परीक्षण गर्ने नीति लिएको हो । नयाँ निर्देशिकामा सरकारले पिसिआर परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ । निर्देशिकामा पहिलो–आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ । दोस्रो– फ्रन्टलाइनमा काम..

प्रदेश-१ को कोरोना उपचार केन्द्रबाट थप २७ जना डिस्चार्ज हुँदै

२२ जेष्ठ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट थप २७ जनाले कोरोना जितेका छन् । कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाले एकै पटक कोरोना जितेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्रले जानकारी दिनुभयो । कोरोनामुक्त भएकाहरूलाई बिहीबार डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका डाक्टर दीपक सिग्देलका अनुसार ३० जनाको परीक्षण गरिएको थियो । जिल्ला..

कोरोनाबाट दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु

२१ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र..