नेपालमा आज मात्र थपिए ६ सय ७१ जना कोरोना संक्रमित

नेपालमा आज मात्र थपिए ६ सय ७१ जना कोरोना संक्रमित


४ आश्विन, काठमाण्डौँ । नेपालमा आज मात्र ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ५ सय ९१ पुरुष र ८० जना महिला छन् । कुल संक्रमितमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला छन् ।

पछिल्लो समय विदेशबाट नेपालीहरु आउने क्रम बढेको र टेष्ट पनि बढेकोले संक्रमित वृद्धि भएको पाइएको जनाइएको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालय आज थप दुईजना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको । योसँगै कुल मृतक संख्या २२ पुगेको छ ।

संक्रमितमा भक्तपुर, डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै आजसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर