६ असार, काठमाण्डौँ । प्रदेश–१ बाट कोरोना भाईरसलाई जितेर घर फर्कनेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ ।
प्रदेश–१ मा हालसम्म फेला परेका ४३० संक्रमितमध्ये २३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको संख्याको ५४.४१ प्रतिशत हो ।
प्रदेश सरकारको व्यवस्थित उपचार प्रणाली, क्यारेन्टाईन व्यवस्थापनमा सतर्कताका कारण समुदायस्तरमा फैलन नपाएको संक्रमणलाई क्वारेन्टाईनमा मात्रै सिमित राखिएको छ ।
प्रदेश–१ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताका अनुसार आज मात्र मोरङको रतुवामाई २, ३ र ४ का ८ जना, सुनसरीको कोशी गाउँपालिका २ र झापाको गौरीगञ्जका १ गरि ११ जना संक्रमित थपिएका छन् ।
प्रदेशमा धरानको विपी प्रतिष्ठान, प्रादेशिक प्रयोगशाला विराटनगर र कोशी अस्पतालसहित हिजो देखि मेची अस्पतालमा समेत प्रयोगशाला स्थापनासँगै परीक्षण सुरु गरिएको छ ।