स्वास्थ्य / जीवनशैली

वीपी प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
२ श्रवाण, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय बृद्ध रहेका छन् । उनको हिजो राति करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमित व्यक्तिको बिहीबार..

नसर्ने रोग सम्बन्धि दुहबी नगरपालिकामा अभिमुखीकरण कार्यक्रम
१ श्रावण, सुनसरी ।सुनसरीको दुहबी नगरपालिकामा नसर्ने रोग सम्बन्धि बुधवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको छ । दुहबी नगरपालिका स्वास्वस्थ्य शाखाको आयोजनामा दुहबी नगरपालिकाको जनप्रतिनिधिसंग उक्त अभिमुखिकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुसँग नसर्ने रोगको बिषयमा अन्तरक्रिया गरिएको जनस्वास्थ्य शाखाका पिन्की भगतले जानकारी दिनुभयो । सो कार्यक्रममा नसर्ने रोग मधुमेह, (उच्च रक्तचाप )मुटुरोग, क्यान्सर र दम रोगको बिषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रमा नसर्ने ४ रोगहरुको लक्षण र बच्ने..

नेपालमा कोरोना संक्रमण दर कम हुँदै, आज १६७ जनामा मात्र संक्रमण पुष्टि
१ श्रवाण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ । देश भरमा आज १६७ जना मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । हालसम्म ११..

इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि
१ श्रवाण, इलाम । इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका हुन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनी उमेर समुहका रहेका पुरुषहरु रहेको जनाइएको छ । जिल्ला..

दुहवी नगर क्षेत्रका क्वारेन्टाइनका लागि सरसफाई सामग्री
२९ असार, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई सरसफाई सामग्री प्रदान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले दुहवी नगरपालिकाका क्वारेन्टाइनका लागि भन्दै सरसफाई सामग्री हस्तान्तरण गरेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका इन्जिनियर गोपी लाल भगतले एक कार्यक्रमका विच नगरप्रमुख वेदनारायण गच्छदारलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । इन्जिनियर भगतले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा स्वास्थ्य अधिकारको रक्षाका लागि क्वारेन्टाईनलाई पुग्ने गरी उक्त सरसफाई सामग्री वितरण..

नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ९ सय ४५ पुग्यो, आज १४४ थपिए
२९ असार, काठमाण्डौँ । देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । यस्तै हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८..

इलामको फाकफोकथुममा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु
२९ असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय धनबहादुर राइको जेठा छोरा वर्ष १६ बर्षिय बालक अम्बर राई रहेको प्रहरी चौकी आम चौकले जानकारी दिएको छ । दुई दिन अघि आफ्नै खेतमा काम गर्दै गर्दा अरिङ्गालले टोके पछि बालकलाई सामान्य ज्वरो तथा खोकी लागेको थियो । आज अवस्था जटिल भएपछि उपचारको लागि विहान आमचोक स्वास्थ चौकी, आमचोकमा ल्याउदै गर्दा..

झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
२९ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख..

कोरोना संक्रमितको संख्या नेपालमा घट्दैँः आज ८२ जनामा संक्रमण पुष्टि
२८ असार, काठमाण्डौँ । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो । गौतमका अनुसार पछिल्लो..

आज थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, ६ वटा जिल्ला संक्रमण मुक्त
२६ असार, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण..