नेपालमा कोरोना संक्रमित संख्या ५ हजार ८७१ पुग्यो

२ श्रवण, काठमाण्डौँ । नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् । थप संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२,..

वीपी प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

२ श्रवाण, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय बृद्ध रहेका छन् । उनको हिजो राति करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमित व्यक्तिको बिहीबार..

नसर्ने रोग सम्बन्धि दुहबी नगरपालिकामा अभिमुखीकरण कार्यक्रम

१ श्रावण, सुनसरी ।सुनसरीको दुहबी नगरपालिकामा नसर्ने रोग सम्बन्धि बुधवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको छ । दुहबी नगरपालिका स्वास्वस्थ्य शाखाको आयोजनामा दुहबी नगरपालिकाको जनप्रतिनिधिसंग उक्त अभिमुखिकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुसँग नसर्ने रोगको बिषयमा अन्तरक्रिया गरिएको जनस्वास्थ्य शाखाका पिन्की भगतले जानकारी दिनुभयो । सो कार्यक्रममा नसर्ने रोग मधुमेह, (उच्च रक्तचाप )मुटुरोग, क्यान्सर र दम रोगको बिषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रमा नसर्ने ४ रोगहरुको लक्षण र बच्ने..

नेपालमा कोरोना संक्रमण दर कम हुँदै, आज १६७ जनामा मात्र संक्रमण पुष्टि

१ श्रवाण, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ । देश भरमा आज १६७ जना मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । हालसम्म ११..

इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि

१ श्रवाण, इलाम । इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका हुन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनी उमेर समुहका रहेका पुरुषहरु रहेको जनाइएको छ । जिल्ला..

दुहवी नगर क्षेत्रका क्वारेन्टाइनका लागि सरसफाई सामग्री

२९ असार, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई सरसफाई सामग्री प्रदान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले दुहवी नगरपालिकाका क्वारेन्टाइनका लागि भन्दै सरसफाई सामग्री हस्तान्तरण गरेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका इन्जिनियर गोपी लाल भगतले एक कार्यक्रमका विच नगरप्रमुख वेदनारायण गच्छदारलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । इन्जिनियर भगतले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा स्वास्थ्य अधिकारको रक्षाका लागि क्वारेन्टाईनलाई पुग्ने गरी उक्त सरसफाई सामग्री वितरण..

नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ९ सय ४५ पुग्यो, आज १४४ थपिए

२९ असार, काठमाण्डौँ । देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । यस्तै हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८..

इलामको फाकफोकथुममा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

२९ असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय धनबहादुर राइको जेठा छोरा वर्ष १६ बर्षिय बालक अम्बर राई रहेको प्रहरी चौकी आम चौकले जानकारी दिएको छ । दुई दिन अघि आफ्नै खेतमा काम गर्दै गर्दा अरिङ्गालले टोके पछि बालकलाई सामान्य ज्वरो तथा खोकी लागेको थियो । आज अवस्था जटिल भएपछि उपचारको लागि विहान आमचोक स्वास्थ चौकी, आमचोकमा ल्याउदै गर्दा..

झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

२९ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख..

कोरोना संक्रमितको संख्या नेपालमा घट्दैँः आज ८२ जनामा संक्रमण पुष्टि

२८ असार, काठमाण्डौँ । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो । गौतमका अनुसार पछिल्लो..