कुवेतबाट दमक आईपुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि

कुवेतबाट दमक आईपुगेकी एक महिलामा कोरोना संक्रमण पुष्टि


५ आश्विन, झापा । झापा दमककी एक जना महिलामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

कुवेतबाट गत जेष्ठ ३१ गते दमक आईपुगेकी २९ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वाब संकलन गरि बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाईएकोमा पिसिआर रिपोर्ट पोजिटिभ आएको दमक नगरपालिकाका स्वास्थ्य सहायक कुवेर भट्टराईले जानकारी दिनुभयो ।

कुवेतबाट आई सुरक्षित रुपमा क्वारेन्टाईनमा बसेकी दमक स्थायी घर भएकी महिलाको गत जेष्ठ २ गते स्वाव संकलन गरिएको थियो ।

संक्रमित महिलालाई बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाईएको छ ।

बिदेशबाट सुरक्षित रुपमा नेपाल आईपुगेर क्वारेन्टाईनमा बसेकाले समुदायमा भने आत्तिन नपर्ने दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्रि बरालले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर