कमलको क्वारेन्टाइनका बसेका १९ जनालाई घर पठाइयो

कमलको क्वारेन्टाइनका बसेका १९ जनालाई घर पठाइयो

४ आश्विन, झापा । झापाको कमल गाउँपालिका–३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि आज सामुहिकरुपमा विदाई गरिएको छ ।

भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइन राखिएको थियो । क्वरेन्टाइनमा राखिएका सबै नागरिकको पिसिआर नतिजाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सामुहिक विदाई गरिएको हो ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले उनिहरुलाई विदाई गर्दे भन्नुभयो –‘कोभिड १९ को संक्रमणबाट कसरी जोगाउन सकिन्छ भन्ने उद्देश्यले तपाईहरुलाई क्वारेन्टाइन राखेका हौँ । स्वस्थ्य परीक्षण गर्दा तपाईहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ आगामी दिन पनि तपाईहरु स्वस्थ्य रहनुहोस् भन्ने शुभकामना गर्दछौँ ।’

विदाई कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । भारतका विभिन्न शहरबाट नेपाल आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकामध्ये १ जना पुरुषलाई पिसिआर पोजेटिभ आएपनि स्वस्थ्य भएर घर फर्कि सकेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर