प्रदेश–१ मा आज ८६ कोरोना संक्रमित थपिए

प्रदेश–१ मा आज ८६ कोरोना संक्रमित थपिए

२५ भाद्र, विराटनगर । प्रदेश–१ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश–१ बाहिरका २–२ जना रहेको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश–१ मा आज ५ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या एक हजार ९५३ पुगेको छ ।

प्रदेश–१ मा आज एक हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर