७ असोज, सुनसरी । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक बृद्धको मृत्यु भएको छ ।
झापा भद्रपुर १० स्थायी ठेगाना भएकी ८६ वर्षीय बृद्धको आज (बुधबार) बिहान ५ः ५० बजे मृत्यु भएको हो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो । उनी असोज ५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिए । विराटमा आइसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।