दमकमा ८ सहित झापामा आज थपिए २३ जना कोरोना संक्रमित

दमकमा ८ सहित झापामा आज थपिए २३ जना कोरोना संक्रमित


३१ भाद्र, झापा । झापामा आज २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका ६ स्थानीय तहका ७ महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागार्इँले जानकारी दिनुभयो ।

बाह्रदशी गाउँपालिकाको ५ नम्बर वडामा २ महिला र ३ पुरुष गरी ५ स्थानीयमा कोरोना पुष्टि भएको छ । दमकको १, ४, ५, ८, ९ र १० नम्बर वडाका १ महिला र ७ पुरुष गरी ८ जना स्थानीयमा कोरोना देखिएको छ ।

भद्रपुरको ६, ७ र ८ नम्बर वडाका १ महिला र ३ पुरुष गरी चार जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये ३ जना भारतबाट आएका र १ जना स्थानीय सुरक्षाकर्मी रहेको बताईएको छ ।

गौरादह–५ मा स्थानीय १ महिला, मेचीनगर–१ मा भारतबाट आएका १ पुरुष कोरोना संक्रमण पुष्टि भएको छ भने शिवसताक्षी–३, ६ र ११ नम्बर वडाका २ महिला र २ पुरुषमा कोरोना देखिएको छ ।

शिवसताक्षीका संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी हुन् भने १ जना भारतबाट आएका र १ जना कनकाई–३ ठेगाना भएका व्यक्ति हुन् ।

आजको २३ संक्रमितसँगै झापामा कोरोना संक्रमितको कूल संख्या ७७० पुगेको छ । झापामा हालसम्म ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर