सुनसरीमा आज ६७ जना कोरोना संक्रमित थपिए

सुनसरीमा आज ६७ जना कोरोना संक्रमित थपिए


६ असोज, सुनसरी । सुनसरीमा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अधिकृत दीक्षा श्रेष्ठका अनुसार आज धरान उपमहानगरपालिकामा १४ पुरुष सहित १८ महिला गरी ३२ जना, इटहरी उपमहानगरपालिकामा ७ महिला ११ पुरुष सहित १८ जना र दुहबी नगरपालिकामा ५ महिला १२ पुरुष गरी १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिएका ६७ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १५३१ पुगेको यी मध्ये ८७७ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ । बाँकी ६४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर