८ असोज, सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा दाहसंस्कार गरिएको एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
दुहवी–३ का ६२ वर्षिया महिलाको मृत्युको तीन दिन पछि रिर्पोट पोजेटिभ अएपछि मलामीहरु तनावमा परेका छन् ।
करिव ५० जना मलामी गएको र रिर्पोट पोजेटिभको खवरले तनाव भएको एक पुरुषले बताए । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएपनि मृतकलाई र उनका आफन्तलाई तीन दिन सम्म थाहा नभएको बताइएको छ ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल आइसोलेसन इञ्चार्ज सुनिल देवले मृत्यु भएपछि स्वाव लिएको र परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जानकारी दिनुभयो ।
यता दुहवी नगरपालिकाको स्वास्थ्य शाखाकी फोकल पसंन पिंकी भगतसंग बुझ्दा यस विषयमा आफुलाई केही पनि जानकारी नभएकोे प्रतिकृया दिएकी छिन ।