समाज

विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
१७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख..

नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा
१६ माघ, काठमाण्डौँ । नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा..

हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी नेपाली सेना
१६ माघ, हेटौडा । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको स्थानियले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । सोहीअनुसार..

सांसदको निर्माण कम्पनीले आयोजना अलपत्र पारेपछि मतदाताले अल्टिमेटम दिए
१६ माघ, काठमाण्डौँ । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसदलाई अल्टिमेटम दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण गराएको हो । रामेछाप सदरमुकाम जोड्ने मन्थली–चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन..

माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो माई नगर’ सार्वजनिक
१३ माघ, इलाम । इलामको माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माई नगर’कक्षा ४, ५ र ८ सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । माई नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागितामा पुस्तक सार्वजनिकीकरण गरिएको हो । सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खम्बा सिंह लिम्बुले शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्ने कुरामा कुनै कमी हुन नदिने..

थप तीन हजार जनालाई शहीद घोषणाको तयारी हुँदैछः प्रधानमन्त्री प्रचण्ड
१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए । प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका..

माओवादीलाई १७ हजारको हत्यारा भन्ने झुट भाष्यः प्रधानमन्त्री प्रचण्ड
१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै यसको सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको पनि आलोचना गरेका छन् । शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई शनिवार सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौ भनेर प्रतिवाद गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने–‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् रु १७ हजार..

एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि होः ओली
१३ माघ, काठमाण्डौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँग कुराकानी गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि भएको बताएका छन् । आज साढे एघार बजे एमाले पार्टीको मुख्यालय च्यासलमा भएको भेटमा ओलीले यस्तो बताएका हुन् । दुई पक्षको कुराकानीमा नेपाल चीन सम्बन्धका विभिन्न आयामहरूमाथि छलफल भएको थियो । भेटमा सहभागी एमालेका विदेश..

भूमि व्यवस्था मन्त्रालयलका सचिव दुवाडीले बनाए आफ्नै भाञ्जालाई पिए
१३ माघ, काठमाण्डौँ । लाभको पदमा पुगेका राजनीतिकर्मीले योग्य र काममा पोख्त कार्यकर्तालाई पन्छाएर एकाघरका आफन्तलाई स्वकीय सचिव राख्ने विकृतिले निजामती प्रशासनमा पनि घर गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलका सचिव गोकर्णमणि दुवाडीले आफ्नै भाञ्जालाई निजी सचिवको जिम्मेवारीमा राखेका छन् । मन्त्रालयमा दरबन्दी नै नभए पनि नापी विभागमा कार्यरत सर्वेक्षक भाञ्जा आनन्द बुर्लाकोटीलाई काजमा लागेका हुन् । गोकर्णमणि आफैं पनि भूमिव्यवस्था विभागअन्तर्गतका मालपोत कार्यालयहरूमा काम..

ताप्लेजुङको हिमाली क्षेत्रमा बाक्लो हिमपात
१३ माघ, मोरङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाक्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको..