समाज

फुटपाथ व्यवसायीहरु आज पनि धर्नामा
१० माघ, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् । काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न..

पाँच तले घरबाट हाम फालेर व्यवसायीले गरे आत्महत्या
१० माघ, काठमाण्डौँ । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११ः२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए । अग्रवालले..

विवाहित भएर पनि आफुसंग सम्वन्ध राखेको भन्दै महिलाको कुटी–कुटी हत्या
९ माघ, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ । विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको भन्ने थाहा पाएपछि उनले कुटीकुटी हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । झारफुक गराउन जान्छु भन्दै घरबाट निस्किएकी सीमा गत मंसिर १० गते यता मोहनसँग गुपचुप बस्दै आएकी थिइन ।..

दुग्धजन्य पदार्थको भुक्तानीको समस्या समाधान गरिदिन इलामका किसानको माग
९ माघ, इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानको लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधान गर्न नगरपालिकासँग माग गरेका हुन् । ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादनको व्यवसाय सञ्चालन गर्दै आइरहेको भएपनि पछिल्लो पाँच..

रविका हर्कतले दाई हरिशरण लामिछाने नै आजित
९ माघ, काठमाण्डौँ । रेडियो नेपालका पत्रकार हरिशरण लामिछानेले भाइ रविको कारण आफूले दुःख पाइरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका रवि लामिछाने पछिल्लो समय विभिन्न सहकारी ठगीको विवादमा मुछिएपछि आफूलाई बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको उनले बताएका हुन् । एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘अब हुँदाहुँदा (रवि) उसको कारण अचेल मलाई रसमेत बाहिर हिँडडुल गर्न गाह्रो भइसक्यो । बाटोमा, अफिसमा वा कहीं कतै जाँदासमेत..

चिसोका कारण सगरमाथा क्षेत्रमा पर्यटकको संख्या घट्यो
९ माघ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।” सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको..

मध्यपहाडका समस्याबारे एमालेले सरकारलाई दियो लिखित जानकारी
९ माघ, कामाण्डौँ । नेकपा एमालेले मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका..

त्रिविको उपकुलपति पदका लागि ४३ जनाको आवेदन
९ माघ, कामाण्डौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । ती आवदेन भेरिफाइ गर्ने र कुनै कागज अपुग भए झिकाउने काम भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो । उपकुलपतिका लागि आवेदन..

नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दै
८ माघ, काठमाण्डौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो । जसको असर राजश्वमा देखिएपछि अर्थ मन्त्रालय दबाबमा परेको छ । राजश्वमा आधारित अर्थतन्त्रको मेरुदण्ड नै पेट्रोलियम पदार्थ र पेट्रोलियम सवारी भएपनि चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थसँगै पेट्राल र डिजेलबाट चल्ने सवारीको समेत आयात घटिरहेको हो । जसबाट..

मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब पुग्यो
८ माघ, काठमाण्डौँ । मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कूल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको हो । अघिल्लो मङ्सिर मसान्तसम्ममा यस्तो ऋणको तिर्न बाँकी सावाँ ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक महिनामा ऋण..