एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि होः ओली

एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि होः ओली

१३ माघ, काठमाण्डौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँग कुराकानी गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि भएको बताएका छन् ।

आज साढे एघार बजे एमाले पार्टीको मुख्यालय च्यासलमा भएको भेटमा ओलीले यस्तो बताएका हुन् । दुई पक्षको कुराकानीमा नेपाल चीन सम्बन्धका विभिन्न आयामहरूमाथि छलफल भएको थियो ।

भेटमा सहभागी एमालेका विदेश विभाग सदस्य गोपाल खनालका अनुसार अध्यक्ष ओलीले मूलभूतरुपमा नेपाल विकास र समृद्धिको चरणमा भएकोले आर्थिक विकासमा जोड दिएका भन्दै विगतदेखि नै सहयोग गर्दै आएको बताएका थिए ।

उनले अहिले पनि सहयोग निरन्तर बढेर आएको छ र सहयोग निरन्तर रहोस् भन्ने कुरा राखेका थिए । उनले चिनियाँ उपमन्त्रीलाई नेपालमा चीन विरोधी कुनै गतिविधि हुन नदिने प्रतिबद्धता समेत राखेका थिए ।
खनालका अनुसार चिनियाँ उपमन्त्रीले आफू चिनियाँ कम्युनिष्ट पार्टीका महामहिम सि चिनफिङको सन्देश बोकेर आएको भन्दै नेकपा एमाले नेपालको प्रमुख राजनीतिक दल भएकोले त्यसको अध्यक्षलाई भेट्न पाउँदा खुशी लागेको बताएकी थिइन ।

एमाले र सिपिसीको सम्बन्ध राम्रो भएको भन्दै अझ गहिरो बनाउँदै जानुपर्ने उनले बताएकी थिइन । यस्तै उनले चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ भन्ने समेत बताएकी थिइन ।

४५ मिनेट भएको डेलिगेसन तहको भेटवार्तामा एमालेबाट अध्यक्ष ओली सहित विष्णु रिमाल, राजन भट्टराई, विदेश विभाग सदस्य अन्जान शाक्य र गोपाल खनाल थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270