जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ

१३ माघ, मोरङ । ८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लेटाङ नगरपालिका–१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालय पशुपतिनगरको राजश्व संकलनमा बृद्धी

१३ माघ, इलाम । भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो । हरियो तरकारी, छुर्पी, दूध, चिया, घिउ, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न थालेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८..

इलामको पर्यटन लयमा फर्कदैः यो बर्ष ८५ हजार पर्यटक भित्रिए

१३ माघ, इलाम । पछिल्लो समय इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख््या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न..

इलाम नगरपालिकामा जनै बनाउने तालिम सुरु

११ माघ, इलाम । विदेशमा बनेका जनैलाई निरुत्साहित गर्ने उद्देश्यले इलाम नगपालिकाले जनै बनाउने तालिम सुरु गरेको छ । हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने जनैको आयात रोक्न नगरपालिकाले वडा नं. ७ का एकल महिलाहरुलाई जनै बनाउने सम्बन्धी तीन दिने तालिम बुधबारदेखि गरेको हो । बाहिरबाट आयात हुने जनै प्रतबन्ध गरी स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले जनै बनाउने तालिम सञ्चालन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् । इलाम नगरपालिकाले..

संविधानको पालना र कार्यन्वयन गर्नु सबैको दायित्व होः प्रधानमन्त्री प्रचण्ड

११ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधीशहरूसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति सामाजिक सद्भाव बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरूको भूमिकासमेत महत्त्वपूर्ण रहने..

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

११ माघ, काठमाण्डौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र..

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० माघ, काठमाण्डौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भेरिएभल फ्रिकुनेन्सी ड्राइभ खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन पौडेल, तत्कालीन नायब..

कोशी प्रदेशका ८० प्रतिशत जमिन अम्लियपनयुक्त

१० माघ, विराटनगर । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ । किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए । “प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा..

इलामको रोङ गाउँपालिकामा कला–साहित्य महोत्सव हुँदै

१० माघ, इलाम । इलामको रोङ गाउँपालिका वडा ६ मा कला–साहित्य महोत्सव आयोजना हुने भएको छ । इलामस्थित चेतना नाट्यसमूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाले यही माघ २७ देखि २९ सम्म वडामा महोत्सव आयोजना गर्न लागेको हो । रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवका विषयवस्तु पनि स्थानीय विषयसँगै सम्बन्धित रहने वडामै आयोजित पत्रकार भेटघाटमा वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार फरक किसिमले कला, संस्कृति..

उर्लाबारीको जंगलमा हिउँचितुवा फेला

१० माघ, मोरङ । उर्लाबारी नगरपालिकाको एक जंगलमा हिउँचितुवा फेला परेको छ । मंगलबार दिउँसो उर्लाबारी–१, चारघरे बस्ती छेउको बाँसघारीमा स्थानीयले चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा नसकेपछि मोरङ डिभिजन वन कार्यालयका पशु उद्धारकर्ताले चितुवाको उद्धार गरेका थिए । सरकारले विशेषगरी हिमाली क्षेत्रमा पाइने हिउँचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले..