१० भाद्र, झापा । झापाको अर्जुनधारा नगरपालिकामा हिजो साँझ एक किशोरीमाथी जवरजस्ती करणी गर्ने दुई युवा पक्राउ परेका छन् ।
शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती करणी गरेका थिए ।
अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरेको युवतीले बताएकी छिन् ।
अर्जुनधारा–३ स्थित शिविर घर भएकी युवतीलाई बलत्कार गर्ने दुई युवालाई प्रहरी हिजै पक्राउ गरेको छ ।
शनिश्चरे प्रहरी चौकीको गस्ती टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो ।
टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार किशोरीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।