कुलमानको नियुक्तीबारे केही निर्णय भएको छैनः ऊर्जामन्त्री पुन

कुलमानको नियुक्तीबारे केही निर्णय भएको छैनः ऊर्जामन्त्री पुन

९ भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रीपरिषदको बैठकमा कुनै प्रस्ताव पेश नभएको ऊर्जामन्त्री वर्षमान पुनले स्पष्ट पार्नुभएको छ ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे स्पष्ट पार्नुभएको हो । मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको उहाँले बताउनुभयो ।

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भाद्र २९ गते सकिँदैछ ।

यस भन्दा अघि हामीले ‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई निरन्तरता दिने सरकारको निर्णय ’ भन्ने समाचार गलत सुचनाको आधारमा प्रकाशन गरेकामा क्षमाप्रार्थी छौँ । -सम्पादक

प्रतिक्रिया:

सम्बन्धित खवर