सामान्य घरायसी विवादमा छोराद्धारा बाबुको हत्या

सामान्य घरायसी विवादमा छोराद्धारा बाबुको हत्या

९ भाद्र, झापा । सामान्य घरायसी विवादमा झापाको झापा गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । झापा गाउँपालिका–३ कुमरखोदका ७० वर्षीय साइला टुडु मारिएका हुन् ।

सोमबार राति २५ वर्षीय छोरा सुनिल टुडुले बाँसको भाटाले हिर्काएर वावु साईलालाई घाइते बनाएका थिए । विपन्न आर्थिक अवस्थाका टुडुको स्थानीय क्लिनिकमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घट्नामा सम्लग्न टुडुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर