बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदर्शन

बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदर्शन


१० मंसिर, महोत्तरी । बालिका हत्याको विरोधमा आज बर्दिबासमा निषेधाज्ञा तोड्दै प्रदर्शन भइरहेको छ । स्थानीय प्रशासनले विहानैबाट निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा मङ्गलबार बुद्धिराज न्यौपानेको मृत्यु भएपछि स्थिति झन् बिग्रिएको हो । न्यौपानेलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा लगिएपनि बचाउन सकिएको थिएन । उनको मृत्युपछि बर्दिबासमा आक्रोश बढेको छ ।

६ वर्षीया गुलबसा खातुनको हत्यापछि बर्दिबासमा विरोध प्रदर्शन भएको हो । घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर