पुटिनका कट्टर आलोचक नाभाल्नीलाई अज्ञात स्थानमा लगियो

पुटिनका कट्टर आलोचक नाभाल्नीलाई अज्ञात स्थानमा लगियो

१४ फाल्गुन, काठमाण्डौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ ।

नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनलाई अर्काे कुनै जेलमा लगिएको अनुमान गरिएको छ ।

यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको थियो ।

नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर आलोचक हुन् । गत वर्ष उनलाई साइबेरियामा झुक्याएर विष पिलाइएको थियो र एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको हत्या प्रयास गरेको निष्कर्ष निकालेको थियो ।

गम्भीर विरामी परेर कोमामा पुगेका उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । यसै वर्षको जनवरीमा उनी जर्मनीबाट रुस फर्किएका थिए । रुस फर्किएलगत्तै उनलाई पक्राउ गरिएको थियो ।

रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजायँ सुनाएको थियो । युरोपेली युनियनका नेताहरुले नाभाल्नीसँग रुसी सरकारले गरेको व्यवहारको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270