माईजोगमाईमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

२१ माघ, इलाम । माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङका वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा शुत्रबार भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा तथा कार्यपालिका सदस्यहरु वडा सदस्यहरु स्थानीय बासी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । माईजोगमाई गाउँपालिकाले बिगत बर्षमा जस्तै यस बर्ष पनि जेष्ठ नागरिकहरुलाई सम्मान..

लुम्बिनी प्रदेशको निजामती ऐनले समेट्यो यौनिक अल्पसंख्यक समुदायलाई

२१ माघ, काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ । ऐनमा गरिएको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा..

झापा ट्राफिकको अर्धवार्षिक समीक्षाः दुर्घटना घट्यो, राजश्व बढ्यो

२१ माघ, झापा । गत पुस महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । झापा ट्राफिकका अनुसार एक महिनामा १० जनाले ज्यान गुमाएका हुन् । चालु आर्थिक वर्षको ६ महिनामा ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको झापा ट्राफिकको तथ्याङक छ । जसमा कार्तिक महिनामा सबैभन्दा धेरै १४ जनाले ज्यान गुमाए । वितेको तीन वर्षको अर्ध–वार्षिक विवरण अनुसार ०७८/७९ मा ६३ जना, ०७९/८० मा ६८ जना..

जाडोमा वृद्धहरुलाई पालिकाको उपहारः पानी तताउने क्यान र थर्मस

२१ माघ, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले गाउँलपलिकाभरिका ५४८ वृद्धवृद्धालाई पानी तताउने क्यान र थर्मस वितरण गरेको छ । ज्येष्ठ नागरिकहरुलाई तातो पानी तताउने क्यान र लामो समय तातो राखेर खान राख्न मिलोस् भनी गाउँपालिकाले क्यान र थर्मस वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले बताए । चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न सहयोग मिलोस भन्दै उनीहरूको सारथी बनेको गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ । मेलुङ गाउँपालिका–१ पवटीका ११७ जना..

काँकडभिट्टा नाकाबाट तीन अर्ब ६९ करोड बराबरको जडीबुटी निर्यात

२१ माघ, झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक बर्षको तीन महिनामा तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको..

आज विश्व क्यान्सर दिवस

२१ माघ, काठमाण्डौँ । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ । विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी–डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन..

इटहरी भित्र सञ्चालनमा रहेका डेढ दर्जन योजना अलपत्र

२१ माघ, सुनसरी । इटहरी उपमहानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उपमहानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् । नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए । त्यसमध्ये..

एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात नै भाचियो

२१ माघ, धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडप भएको छ । झडपपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक एमाले कार्यकर्ताको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन्..

सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै

२० पौष, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै आएको छ । गाउँपालिकाले ‘हाम्रो सन्दकपुर’ नामक स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री निर्माण गर्न थालेको हो । गाउँपालिकाले चालू आर्थिक बजेटको स्वीकृत कार्यक्रम अनुरुप सन्दर्भसामग्री निर्माण गर्न लागेको हो । कक्षा १ देखि ८ सम्मको लागि पाठ्यक्रम निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सन्दर्भ सामग्री निर्माणको लागि गाउँपालिकाले विषयविज्ञहरुसँग समन्वय गर्दै आएको छ । सन्दर्भ सामग्री निर्माण गरेसँगै..

इलाममा अखाद्य कटन क्याण्डी बिक्री वितरणमा रोक

२० पौष, इलाम । जिल्ला प्रशासन कार्यालय इलामले अखाद्य कटन क्याण्डी बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सो सामग्री बिक्री वितरणमा रोक लगाउन स्थानीय सरकारलाई आग्रह गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रुपमा बेचिन कटन क्यान्डीको नमुना परिक्षण गर्दा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएपछि बिक्री वितरणमा रोक लगाएको सो सूचनामा उल्लेख गरिएको..