माईजोगमाईमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

माईजोगमाईमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

२१ माघ, इलाम । माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङका वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा शुत्रबार भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यतामा तथा कार्यपालिका सदस्यहरु वडा सदस्यहरु स्थानीय बासी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

माईजोगमाई गाउँपालिकाले बिगत बर्षमा जस्तै यस बर्ष पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । यस बर्ष ८३ बर्षदेखी ८६ बर्ष उमेरका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

माईजोगमाई गाउँपालिकाको वडा नं ३ नामसालिङमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ भने आज वडा नं ६ प्याङमा कार्यक्रम सम्पन्न भएको हो । माईजोगमाईको अन्य वडामा पनि यो कार्यक्रम रहेको जानकारी रहेको छ ।

आजभोलिको समयमा चिसो धेरै बढेको अवस्थामा माईजोगमाई गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरेको छ । जस अन्तरगत आज माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा ८३ बर्ष देखी ८६ बर्ष सम्मका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरिएको हो ।

अन्य उमेर समुहका जेष्ठ नागरिकहरुलाई पनि सम्मान क्रमै सगँ गरिने सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेलले बताउनुभयो । कार्यक्रमको संचालन वडा नं ६ का वडा सचिव तुलसा नेपालले गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270