विशेष

सोलार प्यानल मार्फत झापामा १० मेघावट बिद्युत उत्पादन सुरु
२० पौष, झापा । झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट विद्युत उत्पादन शुरु भएको छ । १० मेघावट बिद्युत उत्पादन गर्ने क्षमता रहेको परियोजनाले अहिले ६ मेघावाट विद्युत उत्पादन गरिरहेको छ । झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको परियोजना नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । सोलार प्यानलमार्फत उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सवस्टेशनमा जोडिएको..

कमल थापाको आरोपः ‘लघुबित्त सम्बन्धि समस्या समाधान गर्न सरकार उदासिन बन्यो’
२० पौष, काठमाण्डौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको बताएका छन् । यसका लागि सरकारले तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने उनले चेतावनी दिएका छन् । समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र..

काठमाडौँमा एमालेको युवा महोत्सव
२० पौष, काठमाण्डौँ । नेकपा एमालेले काठमाडौँमा युवा महोत्सव २०८० को आयोजना गरेको छ । आज शनिबार एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको टुँडिखेलमा युवा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

अरुणकुमार चौधरीको बयानः कानुन विपरीत भए जग्गा फिर्ता गर्छु
२० पौष, काठमाण्डौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् । सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् । सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै..

दमकमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
१८ माघ, झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्। गएराति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र..

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग
१८ माघ, काठमाण्डौँ । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए ।..

दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको असन्तुष्टि
१८ माघ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । जनकपुरमा बिहीबार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्याई गरेको बताए । उनले गम्भीर कुराहरूमा बोल्नुअघि गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताए । उनले तत्कालीन हत्याकाण्डका समयमा..

जावलाखेल युथलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्डकपको फाइनलमा
१७ माघ, काठमाण्डौँ । जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् । थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१..

गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्योः ओली
१७ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । आज बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण..

टिआरसी विधेयक सहमतिमा टुंगो लगाउने प्रयास भईरहेको छः कानुन गुरुङ
१७ माघ, बुटवल । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुंगो लगाउने बताएका छन । उनले यही माघ २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक निर्माणको अधिवेशनको रुपमा अगाडि बढाएको बताए । उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसँग जोडिएका २०–२५ वटा विधेयक पेस गर्ने तयारी भएको जानकारी गराए । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको..