जाडोमा वृद्धहरुलाई पालिकाको उपहारः पानी तताउने क्यान र थर्मस

जाडोमा वृद्धहरुलाई पालिकाको उपहारः पानी तताउने क्यान र थर्मस

२१ माघ, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले गाउँलपलिकाभरिका ५४८ वृद्धवृद्धालाई पानी तताउने क्यान र थर्मस वितरण गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई तातो पानी तताउने क्यान र लामो समय तातो राखेर खान राख्न मिलोस् भनी गाउँपालिकाले क्यान र थर्मस वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले बताए । चिसोबाट बच्न र स्वास्थ्यको ख्याल गर्न सहयोग मिलोस भन्दै उनीहरूको सारथी बनेको गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ ।

मेलुङ गाउँपालिका–१ पवटीका ११७ जना ज्येष्ठ नागरिकलाई सो सामग्री वितरण गरिएको सहायक महिला विकास निरिक्षक सृजना बुढाथोकीले बताइन् । उनका अनुसार वडा नम्बर–२ का ५६ जना, वडा नम्बर–३ का ५३ जना, वडा नम्बर–४ का १२४ जना, वडा नम्बर–५ का ४० जना, वडा नम्बर–२ का ८१ जना र वडा नम्बर–७ का ७७ जना गरी पालिकाभर ५४८ जनालाई वितरण गरिएको हो ।

गाउँपालिकाका अनुसार ८० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरुलाई मात्र वितरण गरिएको हो । साथै अपाङ्गता भएकाहरूलाई सहायता सामग्री पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष पनि पालिकाले ज्येष्ठ नागरिकहरुलाई सिरक लगायतका न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270