विशेष

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
२६ माघ, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास..

‘मैच्याङको गालाको कोठी’ गीतको म्युजिक सार्वजनिक (भिडियो सहित)
२६ माघ, काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बुले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल..

ब्याचलर मास्टर्स गर्नलाई बेलायत र अमेरिका जाने तयारीमा हुनुहुन्छ ?
२६ माघ, काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार पछिल्लो समय ब्याचलर र मास्टर्स गर्न यूके, यूएसए जाने विद्यार्थीहरुको संख्या बढ्दो..

सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु
२६ माघ, इलाम । हिमपातले अवरुद्ध भएको इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा ५ दिनपछि विद्युत प्रशारण लाइन सुचारु गरिएको छ । पाँचदिनको निरन्तर प्रयास पछि हिमपात र हावाहुरीले ढलेका पोल र चुडिएका तारहरुको मर्मत गरि विद्युत सेवा सुचारु गरिएको हो । प्रदेश प्रमुख पर्यटकीय गन्तव्य इलामको सबैभन्दा उच्च भागमा हिमपात र हावाहुरीका कारण विद्युतका तार र पोलहरु ढलेका थिए । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले सन्दकपुर गाउपालिकाको पर्यटकीय स्थल सन्दकपुर, कालपोखरी,..

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
२६ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रबार भएको वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने लगायतका पाँच बुँदे सहमति भएको हो । पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने लगायतका ५ बुँदे सहमति भएको जानकारी दिए । सहमतिका बुँदा यस्ता छनः १. पहिचानका आधारमा..

स्काउटको निर्वाचन रोक्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश
२६ माघ, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल स्काउटको निर्वाचन रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णय झिकाउन आदेश दिएको छ । लोकबहादुर भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्दय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले सो आदेश दिएको हो । यसअघि सर्वाेच्चले निर्वाचन नरोक्न अन्तरिम अल्पकालीन आदेश दिँदै आजका लागि छलफलमा बोलाएको थियो । स्काउटको निर्वाचन भोलीका लागि तय भएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी..

कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त
२६ माघ, विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो । कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला..

दमकमा ए र बी डिभिजनको प्रतियोगिता हुदै
२६ माघ, दमक । झापाको दमकमा 'ए' डिभिजन र 'बी' डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आयोजक दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलले हलको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । खेल फागुन ४ र ५ गते दुई दिन चल्ने छ । प्रत्येक वार्षिकोत्सवको अवसर लगायत विभिन्न समयमा धेरै प्रतियोगिता गराइसकेको तिलुङ्छा हलले दोस्रो वार्षिकोत्सवमा 'बी' डिभिजन सहित सुपर भेट्रान(५५ वर्ष माथि) आयोजना गरेको थियो..

गिरी बन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर
२५ माघ, झापा । झापाको विर्तामोड नगरपालिकामा रहेको गिरी बन्धु टी स्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर भएको छ । तत्कालीन ओली सरकारले जग्गा सट्टाभर्ना गर्न दिने भनेर गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएको हो । सर्वाेच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको थियो । सर्वाेच्च अदालतले फैसलामा भनेको छ,..

इलामको सहरी क्षेत्रमा चराको लागि पानीको व्यवस्थापन गरिने
२५ माघ, इलाम । प्राकृतिक रुपमा रहेका पानीका मुहान सुक्दै गएपछि इलामका सहरी क्षेत्रमा चराहरुको लागि पानीको व्यवस्थापन गरिने भएको छ । डिभिजन वन कार्यालयले इलामको सदरमुकाम इलाम बजारमा चराहरुका लागि पानी व्यवस्थापनको योजना कार्यान्वयन गर्न लागेको हो । सहरी क्षेत्रमा चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम चालु आर्थिक वर्षमा डिभिजन कार्यालय इलामले कार्यान्वयन गर्ने योजना बनाएको छ । डिभिजन कार्यालयमा यो कार्यक्रम संचालनका लागि ५ लाख रुपैयाँ बजेट रहेको..